अर्जुन कुवर
पाल्पा – नेपाली कांग्रेस पूर्वखोला गाउँपालिका पाल्पाद्वारा आयोजित प्रथम लोकतान्त्रिक महोत्सव २०८२ भव्य रुपमा सम्पन्न भएको छ । महोत्सवलाई नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, प्रदेश सभापति अमरिसंह पुन, केन्द्रीय सदस्य भरत कुमार शाह, प्रदेश सह महामन्त्री निमा गिरी, जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ , प्रदेश सदस्य एवम् विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना लगायतका नेताहरूले सम्बोधन गर्नु भएको थियो ।
यो महोत्सवले कांग्रेसका कार्यक्रमहरूमा नयाँ रचनात्मक , सिर्जनात्मक र प्रतक्ष्य जनतासँग जोडिने नविनतम अध्यायको प्रराम्भ गरेको छ ।
