प्रकृति लम्साल प्रकरणमा भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालय प्रशासनले माग्यो माफी:चार कर्मचारी निलम्बित

लीलामणि पोखरेल

दिल्ली -भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीलाई होस्टेलबाट घर जान भनिएको भन्ने समाचार मिडियामा आएपछि यस विषयलाई नेपाल सरकारले गम्भीर रुपमा कूटनीतिक पहल सुरु गरेको छ।

यो घटनाका सन्दर्भमा सम्बद्ध पक्षसँग आज नेपाली परराष्ट्रमन्त्री आरजु देउवा राणा निरन्तर सम्पर्कमा रहि भारतका लागि नेपाली राजदूत श्री डा शंकर शर्मालाई घटनाको वास्तविकता बुझ्न र नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएकी छन सोही बमोजिम  नेपाली राजदूताबास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको छ ।

त्यसैगरी  नेपालका लागि भारतीय राजदूत श्री नविन श्रीवास्तवसँग पनि फोन सम्पर्कमा छलफल गरिएको र नेपाली विद्यार्थीहरुको सुरक्षाका लागि आफूले आवश्यक पहल र समन्वय गरिहेको जानकारी दिनुभएको छ । यस विषयमा परराष्ट्र मन्त्रालयले पहल गरिरहेको र भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मध्यनजर गर्दै मन्त्री राणा भन्छीन कुटनैतिक तौरबाट परराष्ट्र मन्त्रालयले निरन्तर रुपमा फलो अप गरिरहेका छौँ  नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुइजना बरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ । उन्ले भनिन :

उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु । यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराएको छ ।

यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।

यस विषयले विकराल रूप लिइसकेपछि भारतस्थित ओडिसाको विधानसभामा समेत यस विषयले प्रवेश पाएको छ। र नेपालमा रहेका विद्यार्थी संगठनहरूले नेपालमा रहेको भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गरि प्रकृति र उक्त विषयको न्यायीक छानबिनको माग गर्दै प्रदर्सनमा उत्रिएका नेपाली बिद्यार्थीहरु माथि भएको ज्यादतीको बिरोध गर्दै न्यायको लागि आन्दोलन गरिरहेका छन्।

प्रकृतिलाई उक्त कलेजमै पढ्ने एक युवकले निरन्तर ब्ल्याकमेल दबाब र हरासमेन्ट समेत गरेका कारण उनले आत्महत्या गरेको  प्रहरीको प्रारम्भिक अनुसन्धानमै खुल्न आएको छ। र अहिले उक्त युवकलाई गिरफ्तार गरि प्रहरीले नियन्त्रणमा लिइ न्यायिक हिरासतमा राखेको छ। प्रकृतिका बुवा आफ्नी छोरीको न्यायको लागि उक्त युनिभर्सिटीमा पुगेका छन् भने भारतस्थित भारतमा रहेको नेपाली दूतावासबाट दुई उच्च  नेपाली प्रहरीका अधिकारीहरू समन्वयको लागि र घटनाको सत्यतथ्य जानकारीको लागि त्यहाँ पुगेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै