लीलामणि पोखरेल
अर्घाखाँची- अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहको बजारमा रहेको नेपाल इन्भेस्टमेन्ट मेेेघा बैंक लिमिटेड शाखाले मालारानी गाउँपालिकाको गाउँ कार्यपालिका कार्यलयदेखि निकै टाढा पश्चिमतर्फ पर्ने वडा नम्बर ९ गोखुङ्गाको वडा कार्यालयमा पुगी त्यहाँका सम्पूर्ण वृद्ध आमाबुवाहरूलाई वृद्धभत्ता वितरण गरेको छ।
निकै शास्ती जेल्दै करिब ४-५०० भारा तिरेर गोखुङ्गादेखि खनद बजारसम्म वृद्धभत्ता बुझ्नलाई आउनुपर्ने समस्या अबदेखि टरेको भन्दै स्थानीय बासीहरू निकै हर्षित देखिन्थे। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटे खनदहका प्रबन्धक मनिष आचार्यका अनुसार अबदेखि प्रत्येक वडाहरुमा पुगी वृद्धभत्ता वितरण गर्ने कार्यक्रम रहेको हुँदा खनदह देखि टाढा पर्ने सबै सम्पूर्ण वडाका बुवाआमाहरुलाई भत्ता बुझ्नकै लागि अब खनदह नै धाउनुपर्ने समस्या टरेको जानकारी दिनुभयो।
उनले भने वडा-वडामा पुगेर वृद्धाभत्त वितरण गर्नलाई केहि समस्या भएतापनि यस बैंकको अर्को उदेश्य भनेको हासेर सेवा रहरले काम गर्ने भएकाले हामीहरु अबदेखि यस गाउँपालिका भित्रका विभिन्न वडामा पुगी वृद्धभत्ता वितरण गर्ने सोचमा छौ। वडा नम्बर ९ को गोखुङ्गामा वृद्धभत्ता वितरण गरिरहँदा स्थानीय जनप्रतिनिधि वडाध्यक्ष महेन्द्र बाबु खनालको टिमले निकै सहयोग पुर्याएकोमा वडाध्यक्ष महेन्द्र बाबु खनाललाई धन्यवाद ज्ञापन गर्दै प्रशंसा गर्न समेत छाडेनन्। त्यसै दौरान आइतबार र मङ्गलबार मालारानी गाउँपालिकाका वडा नम्बर ७ र ८ मा वृद्धभत्ता वितरण कार्यक्रम रहेको समेत जानकारी दिनुभयो ।
