बासुदेव पोखरेल
गुल्मी -प्रेस सेन्टर नेपाल, जिल्ला समिति गुल्मीको अध्यक्षमा हुमाकान्त पाेखरेल निर्वाचित भएका छन् । आइतबार र साेमबार गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न सेन्टरकाे जिल्ला भेलाले पाेखरेलकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमितिकाे गठन गरेको हाे ।
समितिकाे उपाध्यक्षमा बासुदेब पाेखरे र खुमानन्द फुल्देल, सचिवमा अमृता विश्वकर्मा, सह-सचिवमा प्रीयंंका पन्थी र पुष्कर वली एवं काेषाध्यक्षमा मन्दिरा विश्वकर्मा लगायत अन्य सदस्यहरू निर्विरोध निर्वाचित भएकाे निर्वाचन मण्डलका संयाेजक कृष्ण पाण्डेले जानकारी दिए । अध्यक्ष पाेखरेल यसअघि सचिव रहेका थिए ।
अधिवेशनले महेश बाेहाेराकाे संयाेजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेकाे छ । जसकाे सदस्यमा पुष्कर खड्का र माधव ज्ञवाली रहेका छन् । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीर बहादुर कार्कीले जनपक्षीय पत्रकारिता गर्न आग्रह गरे ।
त्यसैगरी नवनिर्वाचित अध्यक्ष पाेखरेलले संगठनलाई चुस्त दुरूस्त बनाउदैँ नागरिकका आवाज बुलन्द गर्न आफुहरू झनै सक्रिय हुने बताए । जनपक्षीय पत्रकारितामा कुनै दबावमा नपर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव प्रेम सुनार, माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य बुद्धि जिसी, प्रदेश सदस्य भुपाल पाेखरेल, देविराम अर्याल, गीता थापा, जिल्ला संयाेजक तेजेन्द्र सलामी, सचिव अशाेक थापा, प्रेस सेन्टर केन्द्रीय सदस्य भरत पाण्डे, माओवादी केन्द्र जिल्ला सदस्य भरत चन्द, रेसुङ्गा नगरकार्यपालिका सदस्य सीता विश्वकर्मा लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
