मुख्यमन्त्री आचार्यले गरे रोल्पाको एक विद्यालयमा पुगी विद्यार्थीहरूसँग भेटघाट र छलफल

लीलामणि पोखरेल
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीसंग छलफल गर्नु भएको छ । रोल्पा जिल्ला कोटगाउँ स्थित नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीसंग मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्नु भएको हो ।
मुख्यमन्त्रीसंगको भेटमा विद्यार्थी तथा शिक्षकहरुले विद्यालय सम्म पुग्ने सडक नबनेको भन्दै बनाउन अनुरोध गरेका छन् । मुख्य सडक देखी विद्यालय सम्म पुग्ने करिब दुई सय मिटर सडक पक्कि बनाउनुपर्ने माग राखिएको हो । मुख्यमन्त्री आचार्यले विद्यार्थी तथा शिक्षकहरुले राखेको माग सम्वोधन गर्ने बारेमा सरकारले पहल लिने बताउनु भयो ।
‘तपाईहरुले राम्रो संग पढ्नुस, ज्ञान हाँसिल गर्नुस । सरकारले तपाईहरुको विद्यालय सम्म पुग्ने सडक बनाउछ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘यस बर्ष नभए अर्काे बर्ष यसलाई बनाउनेगरी काम हुन्छ । हामिले यो माग पत्र भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउछौं ।’ बाटो नबन्दा बर्षातको समयमा हिलो र हिउँदको समयमा धुलोले हैरानी हुने गरेको बताएका थिए । विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर पुन सहित विद्यार्थीहरुले मुख्यमन्त्री संग छलफल गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै