सधैं पहिलो पाईला नेपाल संग हातेमालो गर्न तयार:नगर प्रमुख रेग्मी

अप्सन पौडेल

बुटवल- पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मिले सदैव पहिलो पाइला संग हातेमालो र सहकार्य गर्न आफू र पालिका तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । पुतलीबजार नगरपालिका १३ हिरापाटा कोरभुजेमा पहिलो पाइला नेपाल स्याङ्जा शाखाले आयोजना गरेको न्यानो माया अभियानको कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख रेग्मीले विपन्न तथा असमर्थ बालबालिका लगायत अन्य सामाजिक टेवा पुग्ने कार्यका लागि पहिलो पाइला नेपाल स्याङ्जाले लिएको अग्रसरता र क्रियाशिलताको प्रशंसा गर्दै यस्तो बताएका हुन् । उनले युवाहरुको यस्तो सक्रियता देखेर आफू निकै हर्षित भएको समेत बताएका थिए ।

सोही अवसरमा अझै फराकिलो दायरा बनाएर काम गर्दै जान समेत पहिलो पाइला स्याङ्जालाई उनले सुझाव दिए ।

कार्यक्रममा सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दै केन्द्रिय समिति सदस्य एवं शाखाकी संस्थापक अध्यक्ष स्मृति काफ्लेले आगामी दिनहरुमा पनि यस किसिमका कार्यमा निरन्तर सहयोग मिल्ने अपेक्षा व्यक्त गरेकी थिइन् । सहयोगी हातहरुका कारण यस अभियानलाई निरन्तरता दिन सहज भएको बताउँदै काफ्लेले यस अभियान मार्फत विद्यार्थीहरु पनि पढाईमा थप जागरुक हुने विश्वास लिएको बताइन् । यस्ता कार्यहरुले समाजमा सकारात्मक प्रभाव पार्नेमा वडा नं – १३ का वडा सदस्य सुर्य बहादुर रोकाहाले जोड दिएका थिए ।

पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा शाखाले न्यानो माया अभियान अन्तर्गत विपन्न तथा असमर्थ परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा (पोशाक) तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । पुतलीबजार नगरपालिका वडा नं – १३ कर्बुजे, हिरापाटामा रहेको जनप्रिय आधारभूत विद्यालयमा अध्यनरत २० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । प्रति विद्यार्थी ट्याकसुट, टोपी, स्वीटर र कापी, कलमलगायतका सामाग्री गरी एक हजार आठ सय रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको शाखाका अध्यक्ष पवन मरासिनीले जानकारी दिए ।

सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि कदम चाल्दै संस्थाको सम्पर्कमा रहेका सो विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको अध्यक्ष मरासिनीले बताए । विद्यार्थीहरुलाई सहजरूपमा पढ्ने वातावरण बनाउन पनि यसले सहयोग मिल्ने उनको विश्वास रहेको छ ।

पहिलो पाइला नेपाल स्याङ्जाका अध्यक्ष पवन मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रिय आधारभुत विद्यालयका सहायक प्रधानाध्यापक तेज प्रसाद पौडेलले स्वागत एवम् कार्यक्रमको संचालन पहिलो पाइला स्याङ्जाका सचिव गोपि सुवेदिले गरेका थिए ।

विद्यालयमा नै आएर पोशाक र शैक्षिक सामाग्रीहरु पाउँदा विद्यार्थीहरु निकै खुसी भएका छन् । पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा शाखाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक क्षेत्रमा योगदान दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै