समाजमा राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी छ मुख्यमन्त्री आचार्य

लीलामणि पोखरेल

गुल्मी -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुल्मी जिल्लाका सामाजिक तथा राजनीतिज्ञ व्यक्तिहरुको शालिक अनावरण गर्नु भएको छ । धुर्काेट गाउँपालिकाले वडा नं. ५ कालिकास्थान वस्तु गुल्मीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी, पूर्व जिल्ला विकास समिति उपसभापती परमानन्द भण्डारी र पूर्व गाविस अध्यक्ष टोमलाल पाण्डेको शालिक अनावरण गर्नु भएको हो ।
शालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले अग्रजहरुको योगदान र समर्पणलेनै मुलुकमा परिवर्तन सम्भव भएको बताउनु भयो । दुःख कष्ट व्यहोरेर मुलुकमा परिवर्तन ल्याउन अग्रजहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको र प्रदेश सरकारले सधैं सम्झिरहने धारणा राख्नुभयो । मुख्यमन्त्री आचार्य अग्रजले सिकाएका सकारात्मक पाठहरु सिक्दै समुन्नत समाज निर्माणकोलागि नयाँ पुस्ताले योगदान गर्नु पर्ने बताउनु भयो ।
‘समाजमा राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी छ, कदर हुन जरुरी छ । भावी पुस्ताले पनि समाजमा राम्रो काम गर्नेहरुलाई सम्मान र कदर गर्नेछ’उहाँले भन्नुभयो,‘त्यसैले समाजमा राम्रो काम गर्नेहरुको सम्मान हुन जरुरी छ ।’ धुर्काेटको समग्र विकासकालागि अग्रजहरुले खेलेको भूमिका समाजले कहिल्यै भुल्न नसक्ने बताउनु भयो ।‘अग्रजहरुले धुर्काेटमा शिक्षाको उज्यालो छर्ने काम गर्नु भयो । विद्यालय बनाउनु भयो । क्याम्पस खोल्नुभयो । उहाँहरुको योगदान र मेहनत चानचुने थिएन’उहाँले भन्नुभयो,‘अहिले गाउँमै उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त भएको छ ।’ विकट वस्तीमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायत आधारभुत सेवा पु¥याउन अग्रजहरुले खेलेको भूमिकाले सम्भव भएको उल्लेख गर्नु भयो । स्थानीय सरकारले अग्रजहरुको सम्मानमा नमुना काम गरेको भन्दै प्रशंसा गर्नु भयो । गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्याल लगायत प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, राजनीकिकर्मी, समाजसेवी, स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?