लीलामणि पोखरेल
अर्घाखाँची,
गएको वर्ष करिब १३ करोड बेरुजुको भार थामेको मालारानी गाउँपालिकालाई सफल अवतरण गराउने उद्देश्यका साथ भर्खर नवनियुक्त मालारानी गाउँपालिकामा आउनुभएका प्रमुख प्रशासकीय अधिकृत असर जिसीज्यूले यस गाउँपालिकालाई सफल अवतरण गराउने उद्देश्यका साथ वार्षिक भन्दा पहिला अर्धवार्षिक अझ त्यो भन्दा पहिला प्रथम चौमासिक सार्वजनिक सुनाई कार्यक्रम राख्न प्रयत्न गरेका थिए ।
गाउँपालिका अध्यक्ष श्री दलबहादुर भट्टराईले कार्यक्रममा आफ्नो जवाफदेहीकै क्रममा विभिन्न मिडिया सामाजिक सञ्जाल र पालिकाको वेबसाइटमा बाट समेत सूचना सम्प्रेषण गरेर उक्त प्रथम चौमासिक सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थितिको लागि सूचना सम्प्रेषण गर्ने प्रयत्न गरिएको भएपनि केही जवाफदेही कर्ता विभिन्न वडाका वडा अध्यक्षज्यूहरू जनप्रतिनिधि ज्यूहरू साथै केही सरोकारवालाहरू समेत उपस्थिति नभएको देख्दा आफु निकै दुखित भएको जाहेर गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी भएर प्रश्नकर्ताको रुपमा उभिएका नेपाली कांग्रेस मालारानी गाउँपालिकाका सभापति श्री शोभाखर खनालले नौ वटै वडा भित्रका विभिन्न विषयहरुमा सान्दर्भिक र मार्मिक विषयहरु उठान गरी प्रश्न गरि स्थानीय सरकार मालारानी गाउँपालिकाका सम्पूर्ण जवाफदेही कर्ताहरुलाई जवाफदेही बनाउनुभएको थियो।
कार्यक्रममा नेकपा माओवादी केन्द्र मालारानी गाउँपालिकाका अध्यक्ष श्री शिवलाल कुमारज्यूले पनि विभिन्न विषयहरूमा प्रश्न उठान गर्नुभयो भने कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला संगठन विभाग सदस्य श्री ताराप्रसाद खनाल, नेपाली कांग्रेसकै युवा नेता नेपाल दलित सङ्घका जिल्ला सचिव एवं नेपाल तरुण दल महाधिवेशन पुर्व केन्द्रीय प्रतिनिधि राजेन्द्र सुनार ज्यूले पनि विभिन्न विषयहरु उठान गरी प्रश्न गरिरहनु भएको थियो भने उक्त कार्यक्रममा नेकपा एमाले मालारानी गाउँपालिकाका नेता श्री छविलाल खनाल र दालबहादुर चौहानज्यू पनि प्रश्नकर्ताको रूपमा उभिनुभएको थियो।
यस कार्यक्रममा प्रमुख जवाफदेही कर्ताको रुपमा मालारानी गाउँपालिकाका अध्यक्ष श्री दलबहादुर भट्टराईज्यू, मलानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत असर जिसीज्यू शिक्षा अधिकृत रमेश पन्थीज्यू र वडा नम्बर २ का वडा अध्यक्ष योगेन्द्रनाथ भुसालज्यूले प्रमुख मुख्यतः जवाफ दिइरहनु भएको थियो।
सवाल जवाफको लागि फ्लोर ओपन भएको कार्यक्रममा जस्ताको त्यस्तै जवाफ माग गर्दै मालरानी गाउँपालिकाका नेपाली कांग्रेसका सभापति श्री शोभाखर खनालज्यू र मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईज्यू प्रमुख प्रशासकीय अधिकृत असर जिसीज्यू र शिक्षा अधिकृत रमेश पन्थी ज्यू बीच केही समय अन्तरक्रिया समेत चलिरहेको थियो । कार्यक्रमको उत्तरार्ध एवम् समापन गर्ने क्रममा प्रश्नकर्ताको रुपमा उभिएका नेपाली कांग्रेस मालरानी गाउँपालिकाका सभापति श्री शोभा खर खनालज्यूले भन्नुभयो : हाम्रो गाउँपालिकाले नीति नियम र विधानमा टेकेर काम गर्ने अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पाएको छ यही बेलामा पाइएमा पूर्ण रुपमा डटेर खबरदारी गर्ने र विधिसम्मत भएमा गाउँपालिकालाई सही दिशातर्फ डोर्याउन प्रयत्न गरिरहेका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत असर जिसीज्यू र पालिकाका अध्यक्ष श्री दलबहादुर भट्टराई ज्यूलाई आफ्नो व्यक्तिगत र सिङ्गो संगठन नेपाली कांग्रेसको तर्फबाट पूर्ण रुपमा साथ र सहयोग रहने र विभिन्न मुद्दा र विषयहरूमा सही र उचित निर्णय गरिरहेको पाएको हुनाले प्रशासकीय अधिकृत ज्यूलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ।
खनालले प्रमुख प्रशासकीय अधिकृतलाई इङ्कित गर्दै भने तपाईं विधि विधान र कानुनत यस मालानी गाउँपालिकालाई सही दिशातर्फ लैजान प्रयत्न गर्नुहोस् हामी हरदम हजुरको साथमा छौ भनेर प्रतिबद्धता समेत जाहेर गरेका छ्न ।
