निस्वार्थ रुपमा सामाजिक सेवामुलक कार्यमा क्रियाशिल पहिलाे पाईला नेपाल बुटवलको पवित्र अभियान अब अर्घाखाँची तर्फ केन्द्रित हुँदै

अप्सन पौडेल

बुटवल

आधारभुत आबश्यकता “कपास” अर्थात लुगा जुन मानिसकाे जिवनयापनकाे लागि नभई हुँदैन । बिशेषगरी जाडाेकाे माैसममा आधारभुत आबश्यकता “न्यानाे लुगा”काे उपलब्धता जरुरी छ ।

निस्वार्थ रुपमा सामाजिक सेवामुलक कार्यमा क्रियाशिल पहिलाे पाईला नेपालले स्थापनाकालदेखि नै जाडाे माैसममा आर्थिक रुपले विपन्न ब्यक्ति तथा परिवारलाई न्यानाे कपडा उपलब्ध गराउने हेतुले “न्यानाे माया अभियान” सञ्चालन गरिरहेकाे छ ।

यसै क्रममा पारिवारीक आर्थिक स्थिती कमजाेर भएका बिद्यार्थीहरुलाई न्यानाे कपडा (ट्र्याकसुट, माेजा, टाेपी, पञ्जा, ट्राउजर लगायत) बितरण गर्ने उदेश्यसहित पहिलाे पाईला नेपाल बुटवल शाखाले अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वार्ड नं ३ अवस्थित श्री जगतमाता आधारभूत विद्यालय, श्री अमर आधारभूत विद्यालय, श्री जनशक्ति आधारभूत विद्यालय, श्री कृष्ण आधारभूत विद्यालय, श्री दीप आधारभूत विद्यालयका करिब ३०१ भन्दा बढी विद्यार्थीहरू जहाँ पारिवारिक आर्थिक अबस्था कमजाेर भएका परिवारका बिद्यार्थी अध्ययनरत छन् उक्त स्थान वा बिधालय हरुमा न्यानाे माया अभियान सञ्चालन गर्न लागिरहेका छ।

उक्त शस्थाले यस अभियानमा सहभागी भई बालबालिकालाई न्यानाे कपडा सहित न्यानाे माया वितरणकाे निम्ति आर्थिक तथा जिन्सी सहयाेगकाे लागि समेत हार्दिक अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै