लीलामणि पोखरेल
अर्घाखाँची, भड्किलो जन्मदिन मनाउने प्रवृत्ति जुन आजकल गाउँँगाउँमा देखिन थाल्यो जसले पश्चिमेली संस्कृतिलाई भित्र्याएर अनावश्यक खर्च गर्ने जस्तो क्रियाकलाप आफूलाई मन नपर्ने हुुँदा आफ्नो जन्मदिनमा अरुले भन्दा फरक गर्ने सोच मेरो मनबाट उठ्यो त्यसैले दुई फरक ठाउँका फरक किसिमका पीडितहरुलाई सहयोग गरेर मेरो मनलाई शान्त मिल्यो ।
राजनीतिक र सामाजिक क्षेत्रमा निकै सक्रिय रहेका एक सफल युवा व्यवसायीको रुपमा पनि चित परिचित राजेन्द्र सुनार रमेश जो अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहको बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन् ।भने उनी नेपाल तरुण दल महाधिवेशन पूर्व केन्द्रीय प्रतिनिधि त्यसैगरी नेपाल दलित सङ्घको जिल्ला सचिव समेत रहेका छन्। राजेन्द्र सुनार रमेश आफैमा एक सामाजिक अभियन्ता पनि हुन्।
उनले यस्ता दिनदुखी शाहारा विहिन र सडक बालबालिकाहरुलाई आफै सम्बन्धित ठाउँमा पुगेर आर्थिक सहयोग एवं सामाजिक सहयोग जुनसुकै सहयोग हुन्छ त्यस्ता सहयोगहरु गर्दै आइरहेका छन्
जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहको अधेरी पोखरीमा जन्म लिएका राजेन्द्र सुनार रमेश जसले यसपालिको आफ्नो जन्मदिनको अवसर पारेर यसै अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ९ गोखुङ्गाको सेपानिमा एकै घरका तीन जना अपाङ्ग भएको परिवारलाई रु ३१३१ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।
यस्तै निकै सहयोगी मनका धनी राजेन्द्र सुनार रमेशले अर्का यसै मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीका क्यान्सर पीडित विष्णु पाण्डे जो पाँचौ पटक आफ्नो क्यान्सरको अपरेसन गरेर छैटौं अपरेसन गर्नलाई आर्थिक अभावकै कारण रोकिएको खबर थाहा पाएपछि उहाँले उक्त क्यान्सर पीडित पाण्डेलाई रु ३१३१ रुपैयाँ सहयोग गरी जम्माजम्मी उहाँले ६२ ६२ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।
सुनौलो न्युज डट कमका प्रबन्धक निर्देशक श्री लिलामणि पोख्रेलज्यूसँगको कुराकानीमा राजेन्द्र सुनार रमेशज्यूले भन्नुहुन्छ यस्ता दिनदुखीहरूको सहयोग गर्ने दिन फेरि पनि आओस् र म आवश्यक परेको खण्डमा थप सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता जाहेर पनि गर्नुभएको छ।
उहाँले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ९ गोखुङ्गाको सेपानिमा एकै घरका तीनजना अपाङ्ग रहेको त्यो कहाली लाग्दो पीडा जहाँ आफू एकपटक पुगेरै छाड्ने र उक्त स्थानमा अरु सहयोगी मनहरुलाई पनि सहयोग गर्नको लागि अपिल समेत गर्नुभएको छ।
सुनारले आफूलाई जन्मदिनको अवसरमा सामाजिक सञ्जाल फोन लगायत विभिन्न माध्यमबाट शुभकामना दिने सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै क्यान्सर पीडित पाण्डेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ।
