लीलामणि पोखरेल
काठमाडौ
जापानको मात्सुमोतो नगरका प्रमुख योशिनाओ गान नेतृत्वमा १९ सदस्यीय प्रतिनिधि मण्डल काठमाडौँको अवलोकन भ्रमणमा आएको छ।
नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरविचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताउनुभएको छ ।
सम्बन्ध स्थापना भएको ३५ औँ वर्षको अवसरमा काठमाडौँको अवलोकन भ्रमणका लागि आउनु भएका मात्सुमोतो नगरपालिकाका प्रमुख योशिनाओ गान नेतृत्वको प्रतिनिधि मण्डलको स्वागतमा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा आपसी सम्बन्धका विषयमा कुराकानी गर्दै उहाँहरुले यस्तो बताउनुभएको हो ।
