लीलामणि पोखरेल
अर्घाखाँची ,
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको छाया अस्पताल प्रालिले दिनानुदिन एकपछि अर्को सेवा थप्दै गएको छ।
यस अस्पताल प्रालिले बिरामी हरुलाइ बुटवल आवतजावत गर्दा लाग्ने एक्स्ट्रा ढुवानी खर्चको बचत लाई मध्यनजर गर्दै हालचालै अर्को नयाँ जिल्लामै पहिलोपटक सिटिस्क्यान सेवा समेत सुचारू गराएको छ। 
विगत लामो समय देखि विभिन्न अत्याधुनिक सेवा सुविधा सहित संचालनमा आएको छाया अस्पताल प्रालिले महिना हरेक शनिवार विभिन्न रोगहरुका विशेषज्ञ द्वारा उपचार सेवा उपलब्ध गराएको उक्त अस्पतालमा २४ सै घण्टा एमर्जेन्सि सेवा आफ्नै फार्मेसी ,प्रयोगशाला , डिजिटल एक्सरे,भिडियो एक्सरे, बिरामि भर्ना, हड्डि टुटेफुटे वा लिगामेन्ट फाटेमा पट्टी प्यास्टर साथै महिला रोग विशेषज्ञ डाक्टर निता श्रेष्ठ (केसि) द्वारा अत्यन्तै भरपर्दो तरिकाले सुरक्षित डेलिबेरि वा जनरल अप्रेसन समेतको सेवा उपलब्ध रहेको यस अस्पतालमा पारिवारिक वातावरणमा ढुक्कसँग उपचार गर्न गराउन सकिने धेरै सेवाग्राही वा बिरामी हरुको भनाइ रहेको छ । 
साच्चिकै पहाडी जिल्लाको रूपमा रहेको अर्ग्घाखाँची जिल्लामा जिल्लाको सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बाहेक अन्य तमाम सेवाहरु एकपटक यस अस्पताल भित्र छिरेपछि लगभग पाउन सकिन्छ ।
यस अस्पतालका सञ्चालक दलबहादुर के सि आफैंमा एक मेडिकल व्यवसायी मात्र नभई सामाजिक अभियन्ताको रुपमा चित परिचित छन्।
