बुटवल ,
रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ बुटवल साउथको आतिथ्यतामा १७ औ रोट्रयाक्ट डिस्ट्रिक्ट सम्मेलन बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ। जनवरी ०३ र ०४ अर्थात पुस १९ र २० गते दुई दिन हुन गइरहेको उक्त सम्मेलनको तयारी भब्य रुपमा अगाडि बढिरहेको आतिथ्य क्लब रोट्रयाक्ट बुटवल साउथका अध्यक्ष सुदिप पौडेल क्षेत्रीले जानकारी दिए । सम्मेलनमा सहभागी हुनका लागि हाल रजिस्ट्रेसन दोस्रो चरणमा पुगेको छ २१ अक्टोबर २०२४ देखि सुरु भएको दोस्रो चरणको रजिस्ट्रेसन ०२ नोभेम्बरसम्म चल्ने छ रु १,९९९ मा रजिस्ट्रेसन गर्न सकिने स्ल्याबको नाम काममाख्या देवी स्ल्याब रहेको छ त्यसैगरी तेस्रो चरणको रजिस्ट्रेसन १३ नोभेम्बरदेखि २७ डिसेम्बरसम्म नुवाकोट स्ल्याप रु २,२९९ मा खुला रहनेछ भने सम्मेलन पहिलो दिन ०३ जनवरी अर्थात पुस १९ गते स्पोर्ट रजिस्ट्रेसन रु २४९९ मा गर्न सकिने रोट्रयाक्ट क्लब बुटवल साउथका आइपिपि एवं रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट सेक्रेटरी सुबिन खड्काले जानकारी दिदै देशैभर छरिएर रहेका रोडट्र्याक्टरहरूलाई समयमै रजिस्ट्रेसन गर्नको लागि समेत आग्रह गरेका छन्। बुटवलमा सम्पन्न हुन गइरहेको सम्मेलनका लागि देशैभरबाट उत्साहजनक रुपमा रोट्रयाक्टररुको सहभागिता हुने रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डीआरआर विक्रम क्षेत्रीले बताए। दुई दिनसम्म चल्ने सम्मेलनमा थुप्रै महत्वपूर्ण कार्यक्रमहरू समावेश गरिएको उनले बताउदै देशैभरबाट सहभागी हुने रोट्रयाक्टरहरुलाइ बुटवलमा स्वागत गर्न आफू आतुर रहेको समेत बताए।। सम्मेलनमा विभिन्न विधामा उत्कृष्टता हासिल गरेका व्यक्तित्वहरू समेत वक्ताको रुपमा समेत सहभागी हुने डिस्ट्रिक्ट मिडिया समन्वय अफिसर आविष्कार खनालले जानकारी दिए ।
