टुना टेक्नोलोजीले जित्यो NAS-IT अवार्ड ।

बुटवल ,

देशभरबाट विभिन्न बिधामा  भएको प्रतिस्पर्धामा बुटवलमा स्थापित टुना टेक्नोलोजीले आइ सि टी सर्भिस सोलुशन क्याटगोरी अन्तर्गत  नास आइटी अवार्ड २०२४ को विजेता बन्न सफल भएको छ । यो अवार्डसँगै अब टुना टेक्नोलोजी Asia Pacific ICT Alliance (APICTA) अवार्डमा सहभागी हुन पाउने छ ।जसमा यस क्षेत्रका १७ वटा देशले प्रतिसपर्धा गर्नेछन । उक्त  कार्यक्रम डिसेम्बरमा ब्रुनयी देशमा हुदै छ । यस प्रतिस्पर्धामा नेपाल लगायत विदेशीहरु निर्णायकको रुपमा रहेका थिए ।

टुना टेक्नोलोजीले केही महिना अघी मात्र भारतको ठुलो आइ टी कम्पनी Frappe Technology (ERPNext) संग नेपालको लागी एक मात्र आधिकारीक साझेदारी सम्झौता भइ काम शुरु गरीसकेको छ भने यही अक्टुबर ३ र ४ गते मुम्बईमा हुने कम्पनीको विश्व सम्मेलनमा पनि टुना टेक्नोलोजीबाट प्रमुख कार्यकारी अधिकृत लगायतका प्रतिनिधिहरू सहभागी हुने कम्पनीले जनाएको  छ ।
कम्पनीमा अन्तराष्ट्रिय अनुभव प्राप्त सिटीओ लगायतको टेक्निकल टिमले उत्पादन क्षेत्रलाइ लक्षित गरेर Complete ERP, होटल म्यानेजमेन्ट सोलुसन, रेष्टुरेन्ट म्यानेजमेन्ट, कृषि एप, लगाएतका उत्पादन तथा प्रविधि सोलुसनको क्षेत्रमा काम गर्दै आएको छ । लामो समय बैकिङ क्षेत्रमा अनुभव प्राप्त गर्नु भएका राजिव गौतमले  प्रमुख कार्यकारी अधिकृतको रूपमा कम्पनीको नेतृत्व गर्नुभएको छ ।
हाल कम्पनीमा करीब ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन।कम्पनीले गत वर्ष मात्र नेपालकै प्रतिस्ठित र प्रविधि तर्फको ठूलो तथा महत्त्वपूर्ण आइसिटी अवार्ड  Start up provincial award 2023 प्राप्त गर्न सफल भएको थियो ।
टुना टेक्नोलोजी बि.स. २०७८ सालमा बुटवलका युवा व्यबसायीहरु मिलेर खोलेको एक मात्र व्यवस्थित आइ टी कम्पनी हो । छोटो समयमै उत्कृष्ट काम गर्दै आएको कम्पनिले भर्खरै मात्र काठमाडौँमा पनि आपनो सेवा विस्तार गरेको छ भने अन्तर्राष्ट्रिय रूपमा अस्ट्रेलियाबाट पनि आफ्नो सेवा प्रदान गर्दै आएको छ। कम्पनीको अध्यक्ष सफल व्यावसायि  गणेश चन्द्र पोेखरेल हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै