अनेरास्ववियु तिलोत्तमाको अध्यक्षमा खनाल ।

बुटवल ,

अनेरास्ववियु तिलोत्तमा नगर कमिटीको असोज ३ गते शंकरनगर पार्टी कार्यालयमा सम्पन्न भएको दोस्रो नगर अधिवेशनले उर्जाशिल विद्यार्थी नेता दिवस खनालको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्ष पूर्ण रोका, प्रज्वल पाण्डे, सचिव मदन न्यौपाने, सहसचिव निरुता गिरी, प्रतिक भारद्धार, आनन्द माली, कोषाध्यक्ष शनी बन्जाडे, सदस्यमा अविनाश सुनार, रोशन थापा, प्रविन थापा, राम श्रेष्ठ, सुजता भट्टराई, दिया मल्लाह, लेविष्का भट्टराई, उर्मिला थारु, सुरक्षा खरेल, आकृति भण्डारी, खुस्वु बानिया, सन्तोष पोखरेल, सिमा घिमिरे, शिला पाण्डे, निशा ढकाल, गौरव अर्याल, अरविन्द थारु, सक्षम पाण्डे, निशा खनाल रहनुभएको छ ।

अधिवेशनमा अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष तथा नेकपा एमाले पोटिलब्युरो सदस्य खिमलाल भट्टराईले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो ।अधिवेशनमा नेकपा एमाले रुपन्देही जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम पन्थी, एमाले जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज बालकृष्ण पाण्डे, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज साजन भण्डारी, सहइन्चार्ज शेषकान्त पोखरेल, एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेय, अनेरास्ववियु प्रदेश कमिटी सचिव रमेश ढकाल, जिल्ला कमिटी अध्यक्ष भरत अर्याल, लगायतले बोलेको कार्यक्रमको अध्यक्षता सरोज खनाल र सञ्चालन मदन न्यौपानेले गर्नुभएको थियो भने अध्यक्षको तर्फबाट सरोज खनालले यस अवधिको कामको समिक्षा सहित राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै