बुटवल ,
रोट्रयाक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ। बुटवल देवीनगर स्थित देविनगर चौपारीमा दीप प्रज्वलन गरिएको हो। रोट्रयाक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसकि उपाध्यक्ष बिष्णु पाण्डेको अध्यक्षता तथा रोट्रयाक्ट डिस्ट्रिक्ट 3292 का सहकोषाध्यक्ष एवं क्लबका पूर्व अध्यक्ष बरुण ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै ज्ञवालीले संविधानको पूर्ण कार्यान्वयन भएमा सम्पूर्ण नेपाली जनताका हक अधिकार सुनिश्चित हुने बताउदै संविधान दिवसलाई सरकारले नै उत्सवको रुपमा मनाइरहेको अवस्थामा क्लबले दीप प्रज्वलनको माध्यमबाट संविधान दिवस मनाउनु राम्रो कार्यक्रम भएको बताएका थिए। उक्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बुटवल साउथका पुर्ब अध्यक्ष अमृत भुसाल र रोट्रयाक्ट क्लब अफ तिनाउ सिटिका उपाध्यक्ष बिमल ज्ञवालीले आआफ्नो भनाइ राखेका थिए। कार्यक्रममा क्लबका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो। क्लबका उपाध्यक्ष सुन्दर पाण्डेको स्वागत , सपना भट्टराईको धन्यवाद र सहसचिव सदिक्षा ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसद्वारा दीप प्रज्वलन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
