स्वस्तिक कलेजका २ जना बिद्यार्थीले पाउने भए इ सेवा बाट छात्रवृत्ति

काठमाडौं,

ई–सेवाले स्वस्तिक कलेजका दुईजना विद्यर्थीलाई छात्रवृत्ति (स्कलरसीप) दिने भएको छ ।स्वस्तिक कलेजमा सञ्चालित बीएससीसीएसआईटी र बीसीए कार्यक्रमहरूबाट उत्कृष्ठ दुई जनालाई छात्रवत्तिको अवसर दिने ई–सेवाका संचालक  सौगात केसीले जानकारी दिए ।टेक्नोलोजीकल अभ्यास, अनुभव अनि शैक्षिक योग्यताबीच समन्वय नभइरहेको अवस्थामा आफूहरूले उक्त विषयहरूलाई एक–आपसमा जोड्नका लागि उक्त छात्रवृत्तिको व्यवस्था गरेको उनको भनाइ छ ।छात्रवृत्ति पाउन विभिन्न प्रावधानहरू राखिएको पनि उनले बताएका छन् । एफ वान सफ्टका चिफ इन्भेष्टमेन्ट अफिसर समेत रहेका केसीले छात्रवृत्तिमा छनोट भइ अध्ययन गर्ने ती विद्यार्थीलाई टेक्नोलोजीमा नेपालको लिडिङ कम्पनी एप वान सफ्टमा इन्टर्नसीपको व्यवस्था समेत गरिएको जानकारी दिएका छन् ।एफ वान सफ्ट र ई–सेवाको यो प्रयासले प्राक्टिकल एक्सपिरियन्सको ग्याप हटाने विश्वास गरिएको छ । यस्तो अवसर विगतमा पनि दिइँदै आएको सौगात केसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै