लीलामणि पोखरेल
काठमाडौ
एजेन्सी ,अमेरिकी वैज्ञानिक संस्था नासाले अन्तरिक्षमा सन्देश पठाउन संस्कृत भाषाको प्रयोग गर्न थालेको र अन्तरिक्षका लागि संस्कृत भाषा अनिवार्य भएकाले सुक्ष्म तवरबाट वैज्ञानिकहरूलाई नियमित रूपमा संस्कृत पढाउन थालेको जानकारी प्राप्त भएको छ । नासाले अन्तरिक्षमा पठाएका स्याटलाइटहरूसँग पृथ्वीबाट अङ्ग्रेजी, जर्मनी, चिनियाँ आदि भाषामा सन्देश पठाई सम्पर्क गर्न खोज्दा ती सन्देशहरू केही बीचैमा हराएछन्, केहीचाहिँ यताउता छरिएछन् । टुटेफुटेका शब्द पुग्दा पनि अर्थ नदिने वा उल्टो अर्थ दिने भएछन् । अन्तरिक्षको विराटतालाई चिर्दै सही ठाउँमा पुग्न सक्ने सामथ्र्य संस्कृतबाहेक अन्य भाषाका शब्दहरूमा रहेनछ । संस्कृत भाषामा कर्ता, कर्म र क्रिया जतासुकै परे पनि सही सन्देश पुग्ने भएकाले अन्तरिक्षमा सन्देश पठाउन संस्कृत भाषा नै उत्तम ठहरिएछ र नासाका वैज्ञानिकहरूका लागि संस्कृत भाषा अनिवार्य बनेछ । त्यसैले संस्कृत भाषालाई मृत भाषा भनेर हेला नगरौँ ।
