अस्ट्रेलिया,
अस्ट्रेलिया स्थित डब्बोमा तीज फेस्टिवल २०२४ कार्यक्रम सम्पन्न भएको छ । डब्बो नेपाली समाज अस्ट्रेलियाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। डब्बो रिजनल थिएटर एण्ड कन्भरसेसन सेन्टरमा कार्यक्रम सम्पन्न भएको थियो । डब्बोमा बसोबास गर्दै आउनुभएका नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरूको बीचमा आत्मीयता बढाउने उद्देश्यले डब्बो नेपाली समाजले विभिन्न समयमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको डब्बो नेपाली समाज अस्ट्रेलियाका अध्यक्ष सुनिल भण्डारीले बताउनुभयो। आफ्नो कर्मथलोको रूपमा अस्ट्रेलियामा बसोबास गर्दै आए पनि नेपाली कला संस्कृतिको जगेर्ना र नेपाली चाड पर्बहरूको महत्त्वलाई आत्मसाथ गर्दै विशेषगरी नेपाली महिलाहरूको महत्त्वपूर्ण पर्वको रुपमा रहेको हरितालिका तीजको अवसरमा तीज फेस्टिवल २०२४ कार्यक्रम गरेको जानकारी दिनुभयो। उक्त कार्यक्रममा डब्बो नेपाली समाज अस्ट्रेलिया सँगै नानीबाबु नेपाली पाठशालाको समेत सहकार्य रहेको थियो। कार्यक्रममा आयोजक डब्बो नेपाली समाज अस्ट्रेलिया र नेपाली नानीबाबु पाठशालाको तर्फबाट थुप्रै सांगीतिक प्रस्तुतिहरू रहेका थिए। करिब ५०० भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा लोकप्रिय कलाकारहरु गायिका शोभा त्रिपाठी र गायिका स्वस्तिका ढकालको प्रस्तुति रहेको थियो ।
गायिका द्वय शोभा त्रिपाठी र गायिका स्वस्तिका ढकालको प्रस्तुतिमा त्यहाँ उपस्थित दर्शकहरू छमछमी नाच्दै रमाउँदा कार्यक्रमको थप रौनकता बढेको थियो।
प्लेटिपस कन्भिन्सङ प्लेटिनम प्रायोजक रहेको कार्यक्रममा गोल्ड प्रायोजकको रुपमा अरिस्कन र सिल्भर प्रायोजकको रुपमा अजि फाइनान्स एन्ड होमलोन रहेको थियो भने रुबी होम्स, सेफायर स्टेट एजेन्ट्स, किनमेल हाउस, प्रोफिसेन्ट लिगल , मास , नेपाली फुड मण्डला, एडभान्स कलेज, इम्पेरियर कन्भिन्सङ, राम्स, डब्बो मिट एन्ड सी फुड सुपरमार्केट लगायतको प्रायोजन रहेको थियो। उक्त कार्यक्रममा सम्पुर्ण प्रायोजकहरु , डब्बो नेपाली समाज अस्ट्रेलियाका अग्रज व्यक्तित्वहरू, कार्यक्रमका लागि सहयोगीहरू एवं कलाकार र कार्यक्रम प्रस्तोताहरूलाई मायाको चिनो द्वारा सम्मान गरिएको थियो सम्मान कार्यक्रमको संचालन बिकास दवाडीले गर्नुभएको थियो भने तीज फेस्टिवल २०२४ को सम्पूर्ण कार्यक्रम कुशल कार्यक्रम उद्घोषक आविष्कार खनाल र स्वाजि शर्माको सञ्चालनमा सम्पन्न भएको थियो। 
