बुटवल
नेपाल बिद्यार्थीसंघका केन्द्र जिल्ला एवम् स्थानीय स्तरका नेताहरूको अगुवा बुटवलमा बसेको भेलाले विद्यार्थी नेता रमेश पाण्डे (विशिष्ट ) को नेतृत्वमा नेविसंघ अर्घाखाँची ररुपन्देही सम्पर्क अधिबेशन आयोजक एवम (तदर्थ समिति ) चयन गरेको नेविसंघका नेता अर्जुन खनालले सुनौलो न्यूजलाइ जानकारी दिएका छ्न ।
खनालका अनुसार मिति २०८१ असोज १२ सनिवार अधिवेशन गर्नेगरी सम्पर्क समितिका अध्यक्ष रमेश पाण्डे (वरिष्ठ) लाई संयोजक, नारायण घिमिरे (भावुक), उमेश पछाइ, राकेश पाण्डे, हरि घिमिरे, किशोर खनाल र संदिप पुन मगर लाई सदस्य तोक्दै अधिवेशन समिती गठन भएको थियो ।
