लायन्स क्लब अफ बुटवल क्षितिजको दोस्रो बोर्ड तथा जनरल बैठक सम्पन्न ।

बुटवल ,

लायन्स क्लब अफ बुटवल क्षितिज वर्ष २०२४-२५ को दोस्रो बोर्ड तथा जनरल बैठक  शुक्रबार बुटवल सुख्खानगर स्थित चिया चौतारी क्याफेमा सम्पन्न भएको हो। क्लबका अध्यक्ष आबिष्कार खनालको अध्यक्षतामा सम्पन्न  बैठकको सञ्चालन सचिव प्रदिप गुप्ताले गरेका थिए। क्लबका तृतीय उपाध्यक्ष गुप्तपुनको स्वागत मन्तव्यमा सुरुवात भएको बैठकमा क्लबका सहसचिव पवन बस्यालले आफ्नो संयोजनमा गत मङ्गलबार बुटवलस्थित क्यानन माविमा सम्पन्न ट्राफिक सचेतना कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने बैठकमा प्रस्तावित विभिन्न एजेन्डाहरूमा  गहन छलफल गरी सम्पूर्ण एजेण्डाहरू सर्वसम्मत रुपले पारित भएका थिए। 

बैठकमा क्लबका संस्थापक अध्यक्ष एवं जोन १६ का जोन चेयर पर्सन राजिव श्रेष्ठ क्लबका पूर्व अध्यक्ष एवं डिस्ट्रिक्ट एडभाइसर मिलनकुमार पुन, पूर्व अध्यक्ष एवम् डिस्ट्रिक्ट डेपुटी चिफ नारायण थापा, पूर्व अध्यक्ष फवन लाकौल लगायत बोर्डका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो भने संस्थापक अध्यक्ष र तिनै जना पुर्ब अध्यक्षहरुले आ आफ्नो भनाइ राखेका थिए। क्लबका  टेमर प्रविन पौडेलको धन्यवाद मन्तव्य सँगै अध्यक्ष खनालले बैठकको औपचारिक रुपमा समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै