लीलामणि पोखरेल
गुल्मी- विकासको गतिमा हरेक हिसाबे चम्किदै गएको रेसुङ्गा नगरपालिका गुल्मीमा अब गर्भवती महिलाहरुको लागि विशेष सेवा संचालन गरि स्वास्थ्य क्षेत्रमा थप फडको मारेको छ।
यस अधि किड्नीको डायलाइसिस सेवा संचालक गरि ठुलो पुन्य कमाएका रेनपा प्रमुख एवम नेपाली काङ्ग्रेस गुल्मिका सभापति खिल्ध्वज पन्थिले सुनौलो न्यूजलाइ दिएको जानकारी अनुसार गर्भवती महिलाहरुले १८ हप्ता देखि २२ हप्ता भित्रमा लिने महिला लक्षित जन्मदात भ्रुण विकलाङ्ग परीक्षण सेवा (Targeted Congenital Fetal Anomaly Scan )गुल्मी अस्पताल बाट प्रारम्भ गरेका छौं ।
उहाँ भन्नुहुन्छ हालसम्म यो सेवा लिन प्रादेशिक अस्पताल बुटवलमा पुग्नु पर्दथ्यो अव त्यो सास्तीको अन्त्य भएको छ |अहिले सम्म यो सेवा लुम्बिनी प्रदेशको बुटवल प्रादेशिक अस्पतालमा मात्र सिमित रहेको थियो भने अव दोस्रो सेवाको रुपमा गुल्मी अस्पताल बाट सुरुवात भएको छ ।
नगर प्रमुख पन्थिले भने यो सेवा बाट सिङ्गो गुल्मीवासी र छिमेकी जिल्लाहरुका नागरिकहरु प्रत्क्षय लाभान्वित हुने अपेक्षा लियका छौं ।

