खतरनाक गेमि नामक आधिले चिनमा ३ लाख मानिस बिस्तापित

तस्बिर : एजेन्सी

लीलामणि पोखरेल

काठमाडौं -चीनमा आएको गेमी आँधीका कारण झन्डै तीन लाख जना मानिस विस्थापित भएका छन् । प्रभावितहरूलाई चिनियाँ उद्धारकर्मीहरूले आज सुरक्षित ठाउँमा सारेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

केही शहरमा सार्वजनिक यातायात, कार्यालय, बजार, विद्यालयलगायत बन्द गरिएको छ । हावाहुरीसँगै परेको वर्षाले पूर्वी चीनमा हिजो सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा पाँच जनाको ज्यान गएको थियो । आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण हिजो ताइवानका केही शहरी भागहरूमा बाढी र डुबानको समस्या आएको छ ।

फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र वर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ । त्यहाँ २० जनाको ज्यान गएको छ । आँधीकै कारण फिलिपिन्सको मनिलामा १४ लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेको छ ।

झन्डै ९० लाख जनसङ्ख्या रहेको वानझाउ शहरमा बाढी र डुबान जोखिमको चेतावनी जारी गरिएको छ । आँधी झन्डै २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिमतर्फ अघि बढिरहेको सिन्ह्वाले जनाएको छ । #uk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै