ललितपुर ग्वार्को स्थित सनलाइट गेष्ट हाउस एक युवती मृत्यु: संगै गएका युवक पनि अस्पताल भर्ना

सुगम थापा
काठमाडौं – ललितपुर महानगरपालिका-७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।

ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् ।

ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन् । बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको एसपी सुवेदीले बताए ।

प्रहरीका अनुसार युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि प्रहरीको निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ । एसपी सुवेदीले  घटनाबारे थप अनुसन्धान भइरहेको बताए । @ok

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै