अर्थमन्त्री पौडेललाई बुझायो जिल्ला होटल ब्यवसायि संघ काठमाडौंले ज्ञापन पत्र

शैलेन्द्र विक्रम थापा

काठमाडौं-जिल्ला होटल व्यवसायी संघ काठमाडौं ले आज अर्थ मन्त्रालयमा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेटेर व्यवसायीका समस्याहरूको बारेमा ज्ञापन पत्र पेश गरेका छन् । संघका अध्यक्ष शैलेश कार्कीले अर्थमन्त्रीलाई पेश गर्नुभएको ज्ञापन पत्र संघका बरिष्ठ उपाध्यक्ष सुरेश बराल, उपाध्यक्षहरू, महासचिव, सचिव र कोषाध्यक्षको समुपस्थितीमा सचिवालय सदस्य शैलेन्द्र बिक्रम थापाले अर्थमन्त्री बाचन गरेर सुनाउनु भएको थियो ।


खास गरेर साना तथा मझौला होटल व्यवसायीहरूलाई प्यानमा रहेर कारोबार गर्न पाउने सिमा तीस लाख बाट बढाएर साठी लाख सम्म बनाउने, होटल सेवा मूलक व्यवसाय र कृषि उपजको प्रयोग गर्न व्यवसाय भएको कारणले सेवा मूलकमा हाल लिईरहेको भ्याट १३ प्रतिशत बाट घटाउन पहल गर्ने, व्यवसायीहरूको व्यवसायमा गरेको लगानीलाई नै आधार मानेर बिना धितो व्यवसाय कर्जा दिने व्यवस्था गर्ने र डिजिटल मार्केटिङ्गको लागि आवश्यक डलर कार्डको सिमा प्रतिर्वर्ष पाँच सय डलर पर्याप्त नभएकोले सिमा बढाउने लगायतका मागहरू राख्दै ज्ञापन पत्र बुझाएका छन् ।


जिल्ला होटल व्यवसायी संघ काठमाडौं , काठमाडौं मा होटल व्यवसाय गरिरहेको होटल व्यवसायीहरूको व्यवसायिक संगठन हो भने यसका सदस्यहरू काठमाडौं को बिभिन्न क्षेत्रमा गठन भएका आठ वटा ईकाई हरू रहेका छन् । संघ २०७४ सालमा गठन भए पश्चात व्यवसायीहरूको हकहित, व्यवसाय प्रवर्द्वन र प्रयर्टन प्रवर्द्वनमा निरन्तर काम गर्दै आईरहेको संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै