अधिराज्यभर ९ वटा सडकहरू पुर्णरुपमा अबरुद्ध

लीलामणि पोखरेल
काठमाण्डौ – पहिरो खस्दा बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बित्थडचिर गाउँपालिका–४ बल्लेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

गएरातिदेखिको अविरल वर्षाका कारणले बिहान सडक माथिबाट पहिरो खसेपछि आवतजावत ठप्प भएको छ । सडक अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुवाहक गाडी र बाहिरी जिल्लाबाट भित्रिने सबै गाडी र यात्रु अलपत्र परेका जल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यसैबीच अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । हिजो बेलुकादेखि परेको वर्षाले करिडोरको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।

यस्तै म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङको चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराेले यातायात प्रभावित बनाएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ ।

बाढी पहिरो तथा अन्य कारणले देशभरका नौ वटा सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेका छन् । सडक विभागको तथ्याङ्कअनुसार एक सय ६० वटा सडक खण्ड अहिले एकतर्फी सञ्चालनमा छन् ।

यसैबीच गएरातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पर्वत खण्ड भने खुलेको छ । कुश्मा नगरपालिका–७ र ८ को सिमाना तमादी खोलामा आएको लेदोसहितको बाढीले सडक अवरुद्ध बनेको थियो ।

सुरक्षाकर्मी र लोकमार्गको एक्स्काभेटर प्रयोग गरी लेदो पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सीताराम ओझाले जानकारी दिनुभयो ।#उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै