वर्तमान प्रधानमन्त्री भन्छन पुर्व प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न नसक्दा काङ्ग्रेस एमाले मिल्न परेको हो

लीलामणि पोखरेल

काठमाडौ -अनेकन दूषित परिणाम निस्कने खतरा बढेपछि टुलुटुलु हेर्न सकेनौ -ओलि
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थिति र विधि बसाल्न नसकेको टिप्पणी गरेका छन् । यही कारण संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु परेको उनको भनाइ छ। आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रतिपक्ष लक्षित कुनै टिप्पणी गर्न चाहन्न । तर, यति चाहिँ भन्छु नेपाली कांग्रेस र नेकपा एमाले जस्ता बलिया पार्टीले पटक–पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समातेन । सरकारले थिति बसान सकेन । थिति बसाल्ने रुची पनि राखेन,’ प्रधानमन्त्री ओलीले भने ।

यहीँनेर प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जसको कारण समाजमा अनेकन दुषित परिणाम निस्कने खतरा बढ्यो । त्यसलाई हामीले टुलुटुलु हेरेर बस्न सकेनौं । यही कुरालाई आत्मसमाथ गरी पुरानो सरकारको ठाउँमा यो नयाँ सरकार बनाएका हौं ।’

अघिल्लो सरकारले थिति र विधि बसाल्न नसकेका कारण नयाँ सरकार बन्नुपरेको प्रधानमन्त्री ओलीको प्रष्टीकरण छ । विगतमा पनि कांग्रेस र एमालेका सरकार बनेको र यसपटक निश्चित उदेश्यसहित बनेको उनले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै