एमाले र कांग्रेस बीच भएका साझा सहमति प्रधानमन्त्री ओलीले संसदबाटै गरे सार्वजनिक

लीलामणि पोखरेल

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमति सार्वजनिक गर्नुभएको छ ।

विश्वासको मत माग्ने क्रममा ओलीले आजकाे संसद् बैठकमा सात बुँदे सहमति सार्वजनिक गर्नुभएको हो । एमाले र कांग्रेसले आमनागरिकको चाहनाअनुसार विकासको गति बढाउने, भ्रष्टाचार हटाउने लक्ष्यसहित राष्ट्रिय सहमतिको सरकार बनाउने, संविधान कार्यान्वयनका सबल र दुर्बल पक्षको अध्ययन गरेर संविधान संशोधन गर्ने र कानुन निर्माणलाई प्राथमिकता दिने सहमति भएको ओलीले बताउनुभयो ।

यस्तै अर्थतन्त्रमा देखिएको सुस्तता हटाएर चलायमान बनाउने, विदेशी लगानी आकर्षित गरेर देशमै रोजगारी सृजना गर्ने, अहिलेको सरकार दुई वर्ष एमालेले र बाँकी समय नेपाली कांग्रेसले चलाउने तथा सङ्घीय सरकारमा जस्तै प्रदेश सरकारहरू पनि मिलेर चलाउने सहमति भएको प्रधानमन्त्री ओलीले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै