बुटवल ,
लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२४/२५ को प्रथम बोर्ड बैठक एवं जनरल बैठक सगै फेलोसिप कार्यक्रम सम्पन्न भएको छ। हिजो बिहीबार लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष लायन आबिस्कार खनालको अध्यक्षता एवं क्लबका सचिव प्रदीप गुप्ताको संचालनमा बुटवल सुख्खानगर स्थित होटेल स्पानमा बैठक सम्पन्न भएको हो । बैठकमा क्लबका सस्थापक अध्यक्ष राजिव श्रेष्ठ , पुर्ब अध्यक्षहरु मिलन कुमार पुन , नारायण थापा , फवन लाकौल, शंकर पाण्डे , लोकेन्द्र लिम्बु, MJF लायन पुजन थापा निवर्तमान अध्यक्ष धुब्र कुमार शर्मा, प्रथम उपाध्यक्ष डा.श्री खरेल, द्वितीय उपाध्यक्ष उदय खत्री , तृतीय उपाध्यक्ष गुप्त पुन लगायत बोर्डका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको उपस्तिथि रहेको थियो । 
बैठकले विभिन्न ०७ वटा एजेन्डाहरुमा बृहत छलफल गरि सर्बसम्मत रुपमा एजेन्डाहरु पारित गरेको छ भने विभिन्न निर्देशकको रुपमा स्वास्थ निर्देशकमा इन्द्र प्रसाद भट्टराई (बिष्णु ) शिक्षा निर्देशकमा शम्भु पाण्डे , अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशकमा क्षितिज प्रधान ,युथ प्रोग्राम निर्देशकमा टुक राज गुरुङ , स्पोर्ट्स निर्देशकमा सुरज श्रेष्ठ ,बाताबरण निर्देशकमा दिपक सापकोटा , सर्भिस निर्देशकमा कमल शर्मा लियो संयोजकमा क्लबका सचीव समेत रहेका प्रदिप गुप्तालाइ जिम्मेवारी प्रदान गरेको छ। त्यसैगरि क्लबका विभिन्न रिक्त पदहरु सह- सचीवमा पवन बस्याल , सह -कोषाध्यक्षमा केशव प्रसाद खनाल , टेल टुइस्टरमा सागर पाडे र क्लब टेमरमा प्रविन पौडेललाइ मनोनयन गरेको क्लबका अध्यक्ष आबिस्कार खनालले जानकारी दिए ।
