नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस बगायो, अर्को बसमा ढुङ्गाले लाग्दा चालकको मृत्यु

लीलामणि पोखरेल

काठमाण्डौ

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन

उहाँकाअनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । प्रजिअ यादवकाअनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । उहाँले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

यसैबीच मुग्लिन–नारायणगढ सडकखण्डकै १७ किलोमा अर्को बसमा पहिरोबाट झरेको ढुङ्गाले लागेर चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले सुनौलोलाइ दिनुभएको जानकारीअनुसार बिहान तीन बजे पहिरोबाट आएको ढुङ्गाले लागेर बसका चालकको निधन भएको हो ।

बुटवलबाट काठमाण्डौको लागि छुटेको लु २ ख ६५६६ नम्बरको बसमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा ज्यान गएको उहाँले जानकारी दिनुभयो । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । पहिरोले कालीखोला, सिमलताल र फिस्लिङमा सडक अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै