देशभर बाढी पहिरो र डुबानमा परि ११जनको ज्यान गयो ८ जना बेपत्ता

लीलामणि पोखरेल

काठमाण्डौ – लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण विभिन्न ठाउँमा आठ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो विपद्जन्य घटनामा परेर छ जना बेपत्ता भएका छन् । सातजना घाइते भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाण्डौमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको ज्यान गएको हो साथै अन्य अज्ञात स्थानहरूमा थप ३ जनाको ज्यान गएको । प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक आज्ञात स्थानमा गरि ८जना बेपत्ता भएका जानकारी दिनुभयो । अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वर्षा र झरीले देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएका छन् । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार भइहेको नेपाल प्रहरीले जनाएको छ । @ उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै