रोट्रयाक्ट डिष्ट्रक ३२९२ को १७ औ डिष्ट्रक लिडरसिप ट्रेनिङ्ग सेमिनार (DLTS) एवं अवार्ड सेरेमोनि काठमाडौंमा सम्पन्न

काठमाडौं ,  रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानले १७ औ DLTS एवं अवार्ड सेरेमोनि काठमाडौंमा सम्पन्न गरेको छ ।  रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पसको आतिथ्यतामा कार्यक्रम भएको हो ।  रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पसकि अध्यक्ष परिना श्रेष्ठ  र  रोट्रयाक्ट डिष्ट्रकका डि आर आर रोसन कार्किको  संयुक्त अध्यक्षयता तथा रोटरि डिष्ट्रक २०२३-२४  का डिष्ट्रक गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बर्ष २०२४-२५ का डिष्ट्रक गभर्नर राजेन्द्रमान सेरचन , पुर्ब डिष्ट्रक गभर्नर सन्जय गिरि ,  पुर्ब डिष्ट्रक गभर्नर सन्तोष रिजाल , डिआरसिसि नारायण कृष्ण खरेल त्यसैगरी अतिथिको रुपमा दिनेश मानन्धर , दुर्गादेव सुबेदि, अमित गिरि ,रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटान बर्ष  २०२४-२५ का  डि आर आर बिक्रम क्षेत्री , २४-२५ का  डि आर आर इलेक्ट दिनेश गैरे , पुर्ब  डि आर आर सुशील कुमार कार्की डिआरसि को चेयर किशोर त्रिपाठि रहेका थिए । १७ औ DLTS कार्यक्रममा रोट्रयाक्ट क्लबका अध्यक्ष , सचीव , कोषाध्यक्ष,क्लब सर्भिस डाइरेक्टर, कम्युनिटि सर्भिस  डाइरेक्टर, प्रोफेसन डिभेलपमेन्ट डाइरेक्टर, द रोटरि फाउन्डेसन  डाइरेक्टर, अन्य  डाइरेक्टर, पब्लिक इमेज चेयर , जनरल मेम्बरहरुलाइ छुट्टाछुट्टै सेसनमा राखी रोट्रयाक्ट डिष्ट्रक ट्रेनिङ टिम र विभिन्न बिधामा अब्बल आमन्त्रित ०९ जना  प्रशिक्षकहरुले  तालिम प्रदान गरेको डिष्ट्रक लिडरसिप ट्रेनर अनुसा नेपालले जानकारी दिइन । बर्ष २४-२५ लाइ प्रभावकारि रुपले अगाडि बढाउन DLTS ले महत्त्वपूर्ण भुमिका खेल्ने २४-२५ का डि आर आर बिक्रम क्षेत्रीले बताए । १७ औ DLTS एवं अवार्ड सेरेमोनिमा रोट्रयाक्ट डिष्ट्रक २३-२४ का  डि आर आर रोसन कार्किले आफ्नो कार्यकाललाइ उत्कृष्ट बनाउन सहयोग गर्ने सम्पूर्णलाइ धन्यवाद ज्ञापन गर्दै बर्ष २३-२४ मा उत्कृष्ट कार्य सम्पादन गर्ने डिष्ट्रकका पदाधिकारीहरु , आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न संघ सस्था एवं ब्यक्तित्वहरु ,  विभिन्न  रोट्रयाक्टक्लब , विभिन्न रोट्रयाक्ट क्लबका अध्यक्ष एवं पदाधिकारीहरुलाइ सम्मान पत्र र अवार्ड  प्रदान गर्दै सम्मान व्यक्त गर्नुभएको थियो भने आगामी बर्षलाइ पनि अझ उत्कृष्ट बनाउन  आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र प्रसाद ध्वजु , बिशिस्ट अतिथि राजेन्द्रमान शेरचन  र बिक्रम क्षेत्रिले मन्तव्य राखेका थिए । बर्ष २४-२५ का  डि आर आर  इलेक्ट दिनेश गैरेको स्वागत,  पहिलो सत्रको कार्यक्रम   जुना पुन र दोस्रो सत्रको कार्यक्रम बर्ष २३-२४ का डिष्ट्रक सेक्रेटरी सुशान्त धितालको संचालनमा सम्पन्न  भएको बर्ष  २४-२५ का डिष्ट्रक सेक्रेटरी सुबिन खड्काले बताए । उक्त कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटान अन्तर्गतका १३६ क्लबहरुबाट ८१४ भन्दा बढी  रोट्रयाक्टरहरुको सहभागीता रहेको बर्ष २०२४-२५ का  डिष्ट्रीक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै