लीलामणि पोखरेल
अर्घाखाँची
अर्घाखाँची जिल्लाको मालारानि गाउँपालिका वडा नम्बर ४ खनको श्री कालिका नेरा मा वि खनाललाई पुर्व शिक्षक एवम मालारानि ३ खनदह निवासी तिलकराम खनाल ज्युले रु १०००००/- (एकलाख) रुपिया अक्षय कोष हस्तान्तरण गर्नुभएको छ। नेपाली काङ्ग्रेस मालारानि ३ का पार्टी सभापति समेत रहेका खनालले यसअघि निज खनालले मालारानि ३को श्री आदर्श मा वि खनदह लाई पनि एकलाख हस्तान्तरण गरिसक्नु भएको थियो।

खनालका अनुसार कक्षा ८ मा अध्यन गर्नुहुने प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थी भाइबहिनी हरुको लागी पुरस्कृत स्वरुप कोष जम्मा गराएको बताउनु भयो ।


यस दौरान मालारानि गाउँपालिका ४ खनका सित निवासी दाइ नारायण र भाइ खिमा घिमिरे ज्युले आफ्नी पुजनिय माताको नाममा सिङ्गो परिवारको तर्फबाठ रु १,५००००/- (एकलाख पचास हजार ) आफुले पढेको बिद्यालय लाई हस्तान्तरण गर्नुभएको छ ।
निज परिवारले प्रत्येक वर्षको वढा दशैको घटस्थापनको दिन पुन्य तिथिको अवसरमा अति बिपन्न विद्यार्थी हरुलाइ जो पढ्न लेख्न इच्छूक छ तर आर्थिक अवस्था कम्जोर भै पढ्न नसकेका हरुलाइ प्रोत्साहन स्वरुप कापि किताब उपलब्ध गराउने गरि कोष जम्मा गराउनु भएको सुनौलो न्युज डट्कम लाई जानकारी दिनुभयो।
