नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व गृहमन्त्री एवम नेकपा एमालेका उपाध्यक्ष बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौ

सुशीला खडका

पूर्व गृहमन्त्री एवम् एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकलाई हिजो बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गएको वर्ष सरकारी वकिलको कार्यालय काठमाण्डौले थापालाई फरार सूचीमै राखेर यो अपराधमा संलग्नविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

बाबु रामबहादुर थापा गृहमन्त्री भएका बेला विचौलिया र गृह मन्त्रालयकै कर्मचारीसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो । अघिल्लो वर्ष चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार भएका थिए ।

प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै विचौलियाबाट एक करोड रुपैयाँ लिएको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै