कप्तान रोहित पौडेल संग लड्न तम्सने बाङ्लादेशका तान्जिम लाई आइसिसिले गर्‍यो कार्वाही

लीलामणि पोखरेल

काठमाडौ ,

नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका बलर तान्जिम हसन शाकिबलाई आइसिसीले कारबाही गरेको छ।

आइतबार सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा कप्तान रोहित र बंगलादेशी बलर तान्जिमबीच झगडा भएको थियो।

तेस्रो ओभरमा स्ट्राइकमा रोहित  पौडेल र बलिङमा तान्जिम थिए। बलिङपश्चात तान्जिमले कप्तान रोहितलाई केही भनेका थिए। आक्रोशित हुँदै रोहितले पनि तान्जिमलाई तत्काल जवाफ फर्काएका थिए।

त्यसपछि विवाद बढ्दा तान्जिमले कप्तान रोहितलाई धक्का दिएका थिए।

नेपालका आशिफ शेखले कप्तान रोहित र बंगलादेशका लिटन दासले तान्जिमलाई रोकेका थिए।

तान्जिमले आइसिसीको आचारसंहिता संहिताको धारा २.१२ को उल्लङ्घन गरेको हुँदा उनी कारबाहीमा परेका हुन्।

उनले खेलका रेफ्री रिचर्डसन्सँग आफ्नो गल्ती स्वीकार गरेकाले थप सुनुवाइको आवश्यकता नभएको आइसिसीले जनाएको छ।

आइसिसीले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार तान्जिमको म्याच फिको १५ प्रतिशत शुल्क जरिवानास्वरूप काटिनेछ।

साथै, तान्जिमको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अंक थपिएको छ। २४ महिनाको अवधिमा यो उनको पहिलो अपराध हो।

२४ महिनाको अवधिभित्र कुनै खेलाडीले चार वा सोभन्दा बढी डिमेरिट अंकमा पुगेमा निलम्बन अंकमा परिणत हुन्छ र खेलाडीलाई प्रतिबन्ध लगाइन्छ।

नेपाललाई पराजित गर्दै बंगलादेश टी-२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ। अन्तिम आठमा बंगलादेशले अष्ट्रेलियासँग बिहीबार खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै