बुटवल ,
अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला समिती ले २२औ टिकाराम गौतम गणेश ढकाल स्मृति दिवश को अवसर बिबिध कार्यक्रम सम्पन्न गरेको छ ।
तत्कालीन अखिल (क्रान्तिकारी) का केन्दिय स सदस्य गौतम र ढकाल रुपन्देही बेलबरीया मा बसिरहेको बेला तल्कालिन साही नेपाली सेना ले प्रकाउ गरि क्रूर तरिकाले हत्या गरेको सम्झनामा जेस्ठ ३० गते स्मृती दिवस मनाउने गरिएको अखिल ( क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज सौरभ भुसालले बताए ।

उक्त कार्यक्रमका प्रमुख अतिथी ने क पा माओबादी केन्द्र केन्द्रिय पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज बामदेब क्षेत्री ले सहिद को फोटोमा माल्यार्पण गर्दै उहाहरुको योगदानको खुलेर प्रशंसा गर्दै सहिदको सपना पुरा गर्न अजै लाग्नु पर्ने बताउनुभयो ।कार्यक्रममा सहित गौतमकि आमा जमुना गौतम तथा सहिद गणेश ढकाल परिबारका सदस्य अखिल क्रान्तिकारी नेता बाइसिएल तथा पाटी का प्रदेश तथा जिल्ला स्तर का नेता कार्यक्रता को उपस्थिती रहेको कार्यक्रम मा सहिदहरु प्रती श्रध्दाञ्जलि अर्पण, सहिद परिवार सम्मान, स्थानिय बिधार्थीहरुलाइ झोला , स्टेशनरी सामाग्री तथा स्कुल ड्रेस बितरण र दिप प्रज्वलन गरिएको जिल्ला अध्यक्ष कपिल चापागाइले जानाकारी दिए सोहि कार्यक्रम मा बोल्दै बुटवल १३ का वडा अध्यक्ष ले स्मृती पार्क को बारे जग्गा संभव भए सम्म उपलब्ध गराउन पहल गर्ने बताए ।
