हाइटेक ईन्टरनेशनल प्रालि र सनसाइन कम्युटरद्वारा   बुटवलमा टाइनडि( Tiandy) सि सि टिभि क्यामेरा सम्बन्धि  सेमिनार सम्पन्न ।

बुटवल ,

हाइटेक ईन्टरनेशनल प्रालि र सनसाइन  कम्युटरद्वारा  बुटवलमा बृहत सेमिनार सम्पन्न गरेको छ । बुटवल योगिकुटि स्थित होटेल पौवामा सेमिनार सम्पन्न भएको हो । टाइनडि( Tiandy) सिसि टिभि क्यामेराको नेपालका लागि  एकमात्र  आधिकारिक  बिक्रेता हाइटेक ईन्टरनेशनल प्रालि  काठमाडौं  र  रिजनल डिलर सनसाइन  कम्युटर बुटवलको आयोजनामा कार्यक्रम गरिएको हो ।  हाइटेक ईन्टरनेशनल प्रालिबाट आफ्ना उत्पादनहरु बिक्रि वितरण गर्दै आएकोमा उक्त  कम्पनिले बुटबलमा  रिजनल डिलरको रुपमा सनराइज कम्युटरलाइ तोकेसगै यस क्षेत्रबाट  पनि  सेवा दिन सुरु भएको छ । सेमिनार कार्यक्रममा बोल्दै टाइनडि( Tiandy) सिसि टिभि क्यामेराको रिजनल डिलर सनसाइन कम्युटर बुटबलका संचालक इन्दु पान्डेले कम्पनिको बारेमा जानकारी गराइन ।
कम्पनिले रुपन्देही लगायत लुम्बिनी प्रदेशका कपिलबस्तु,दाङ,प्युठान, अर्घाखाची,पाल्पा,गुल्मी , लगायत गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरु र बिशेष गरि स्याङजामा यो सेवा सुरु गरिएको जानकारी गराइएको थियो ।
अहिले टाइनडि( Tiandy) का उत्पादनहरु बुटबलबाट बिक्री बितरण सुरु गरेको छ यसको रिजनल डिलरको रुपमा सनसाइन कम्युटर रहेको उनले बताइन  ।  टाइनडि( Tiandy) सिसि टिभि क्यामेरा आबश्यकता अनुसार जति पनि लगाउन सकिने र  यस कम्पनीको सिसि टिभि क्यामेराहरु निकै गुणस्तरीय  र  भरपर्दो  भएको हुदा यसको माग दैनिक रुपमा बढदै आएको सो कार्यक्रममा जानकारी दिइयो ।

अरु कम्पनिको तुलनामा सस्तो र गुणस्तरीय क्यामेरा भएको हुदा सबैले एक पटक  प्रयोग गर्नको लागि कम्पनीले आग्रह गरेको छ । बिगत १५ बर्ष देखि नै  देशका बिभिन्न स्थानका  सरकारि एवं गैर सरकारि संघ सस्थाहरु , विभिन्न क्षेत्रका स्थानिय तहका कार्यलयहरु, विभिन्न बैंक तथा बित्तिय सस्था र विभिन्न  कर्पोरेट हाउसहरुमा  समेत  टाइनडि( Tiandy)  ब्रान्डका क्यामेराहरु जडान गर्दै आएको र हालसम्मका प्रयोगकर्ताहरु पुर्ण रुपमा  सन्तुष्ट रहेको समेत कम्पनीले  बताएको छ  । सेमिनार कार्यक्रममा करिब १५० जनाको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै