अर्जुन कुवर
काठमाडौ अरुलाई आकस्मिक रुपमा डुब्नबाट जोगिने उपाय सिकाउन सेती नदीमा पसेका सशस्त्र प्रहरीका एकजना जवानले ज्या गुमाएका छन।
जिल्ला विपद् व्यवस्थापन समिति बझाङको आयोजनामा बाढी र त्यको क्षति न्यूनीकरणका लागि सेती नदीमा भएको कृत्रिम अभ्यासका क्रममा डुबेर सशस्त्रका जवानले ज्यान गुमाएका हुन।
सोमबार सेती नदीमा डुबेर जवान बझाङकै केदारस्युँ गाउँपालिका–७ खिकीरीका २९ वर्षीय सशस्त्र प्रहरी जवान नरेन्द्रसिंह धामीले ज्यान गुमाएका हुन्। सेतीमा डुबेपछि बेहोस अवस्थामा उद्धार गरिएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
