बुटवल ,
लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२४/२५ का लागी क्लबको नबौ अध्यक्षको रुपमा आबिस्कार खनाल निर्वाचित भएका छन । लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२३/२४ का अध्यक्ष लायन धुर्ब कुमार शर्माको अध्यक्षता सम्पन्न क्लबको साधारण सभा एवं नबौ अधिबेशन बाट आगामी लायन बर्ष २४/२५ का लागि खनालको नेतृत्वमा सर्बसम्मत नेतृत्व चयन भएको क्लबका पुर्ब अध्यक्ष एवं निर्वाचन आयुक्त नारायण थापाले जानकारी दिए । क्लबको प्रथम उपाध्यक्षमा श्री खरेल, द्वितीय उपाध्यक्षमा उदय खत्री , तृतीय उपाध्यक्षमा गुप्त पुन निर्वाचित भएका छन । त्यसैगरि क्लबको सचीवमा प्रदिप गुप्ता , कोषाध्यक्षमा गोपाल रेग्मि , क्लब निर्देशकमा इन्द्र प्रसाद भट्टराई र दिपक सापकोटा मनोनीत भएका छन भने मनोनीत गर्न बाकी निर्देशकका पदहरुलाइ क्लबको आगामी बैठकमा पूर्णता दिने बताइएको छ । 
अध्यक्षमा निर्वाचित भएसगै खनालले लायन्स क्लब अफ बुटवल क्षितिजको गरिमालाइ कायम राख्दै लायन्सको मर्म र भावना अनुसार बर्ष २४/२५ मा सामाजिक गतिविधिहरुलाइ अगाडि बढाउने बताए । साधारण सभा एवं अधिबेशनमा क्लबका सस्थापक अध्यक्ष राजिव श्रेष्ठ , पुर्ब अध्यक्षहरु मिलन कुमार पुन , फवन लाकौल, नारायण थापा ,शंकर पाण्डे , लोकेन्द्र लिम्बु लगायतले आ आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको संचालन बर्ष २३/२४ का सचीव गुप्त पुनले गरेका थिए ।
