विष्णु कुमार बर्मा
गुल्मी, बिध्यार्थीलाइ सुरक्षीत र थप सहयोगी बाताबरण सिर्जना गर्ने दिशामा महत्त्वपूर्ण कदमका रुपमा सामाजिक डिभिजन कार्यलय तानसेन , पाल्पाको आयोजना तथा जिल्ला प्रहरी कार्यलय गुल्मीको समन्वयमा गुल्मीको सदरमुकाम तम्घास स्थित श्री रेसुङ्गा माध्यमिक बिध्यालयमा सारीरिक तथा यौन दुव्र्यवहार विरुद्ध सचेतना अभियान संचालक गरेको छ!बिध्यालयमा आयोजित यो पहलले बिध्यार्थी, शिक्षकमा सारीरिक तथा यौन दुव्र्यवहार पहिचान, रोकथाम र सम्बोधन को महत्त्वबारे शिक्षित र सचेत गराउने उद्देश्य राखेको थियो!
कार्यक्रममा बिध्यालय समुदायलाई संलग्न गराउन डिजाइन गरिएको जानकारीमूलक सत्रहरु र अन्तरक्रियात्मक गतिविधि हरुको शृङ्खला प्रस्तुत गरिएको थियो! जसको सहजीकरण जिल्ला प्रहरी कार्यलय गुल्मीका नायब उपरीक्षक शंकर पोखरेलले गर्नुभएको थियो!कार्यक्रममा सारीरिक तथा यौन दुव्र्यवहारका लक्षणहरु कसरी पहिचान गर्ने? र त्यस्ता घटनाहरुको सामना गर्दा लिने उपयुक्त कदम , विधमान कानुनी ब्यबस्था र उपचारको बाटो समेतका बारेमा जानकारी दिनुभयो। बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष सेरबहादुर थापा र प्रधानाध्यापक भागिरथ भन्डारीले सुरक्षित सिकाइ बाताबरण सुनिश्चित गर्न बिध्यालय प्रतिबद्ध रहेकोमा जोड दिए।
बिध्यार्थीको सुरक्षा र कल्याण बिध्यालयको शीर्ष प्राथमिकता रहेको भन्दै उत्पीडनका विरुद्ध प्रभावकारी रुपमा लड्न आवस्यक ज्ञान् र उपकरणका साथ बिध्यालयमा पाल्नुहुने सामाजिक बिकास डिभिजनको सिङ्गो टिम र सहजकर्ता प्रहरी नायब उपरीक्षक शंकर पोखरेल लाइ प्रधानाध्यापक भन्डारीले आभार प्रकट गर्नुभयो।
बिध्यार्थीहरुले कार्यक्रममा सक्रिय रुपमा भाग लिदै विभिन्न प्रश्न र आफ्ना चिन्ता साझा गरे। कार्यक्रममा उपस्थित अभिभावकहरुले आजको परिप्रेक्ष्यमा यसको आवस्यकता औंलाउदै यस पहलको प्रशसा गरे! सामाजिक डिभिजन कार्यलय प्रमुख मित्रप्रसाद गौतमले प्रत्येक बिध्यार्थीलाइ सुरक्षीत र सम्मानजनक सिकाइ बाताबरणको अधिकार सुनिश्चित गर्न अन्य बिध्यालयमा पनि यस्ता अभियान संचालक गर्ने लक्ष्य राखेको बताए !
कार्यक्रम सम्पन्न हुँदा उत्पीडन विरुद्ध सबै मिलिजुली काम गर्न सहभागीहरु बीच प्रतिबद्धताको स्पष्ट भावना देखियो!
सामाजिक डिभिजन कार्यलयले बिध्यार्थीको अधिकारको रक्षा गर्ने र उनीहरूको भलाईको प्रबर्द्धन गर्ने निति र अभ्यास लागु गर्न बिध्यालयहरुमा सहयोग गर्ने आफ्नो समर्पणलाई पुन पुष्टि गरेको छ!
