बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचित हुनुभएको छ । लियो क्लव ३२५ पी नेपालको बर्ष २०२४-२०२५का लागी कुँवर अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।

लियो ३२५ पि को रुपन्देहीको तिलोत्तमामा जारी अधिवेशन शनिवार सम्पन्न भएको थियो । लियो ३२५ पी नेपाल अन्तर्गत स्थापित लियो क्लबको माध्यम बाट सन २०१५ बाट निरन्तर लियो अभियानमा लागेर सामाजिक काममा सक्रीय कुँवर गत बर्ष लियो ३२५ पि को उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो
। देवदह ५ खैरेनी निवासी कुँवर सामाजिक कार्यकर्ताको रुपमा विभिन्न क्लब र सामाजिक संस्थामा समेत क्रियाशिल हुनुहुन्छ ।
लियो ३२५ पि को अध्यक्षमा निर्वाचित भएसगै उहाले लियो ३२५ पी नेपाललाई सामाजिक र रचनात्मक रुपले प्रभावकारी कार्ययोजनासहित अगाडी बढाउने र लियो ३२५ पि लाइ उत्कृष्ट बनाउने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
