क्लोथ एन्ड फुड बैंक नेपालद्वारा आगलागी भएको स्थानमा अत्यावश्यक कपडा एवं सामाग्री वितरण

लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको  लुम्बिनी सास्कृतिक नगरपालिका, वडा.न. ०३  लंकापुर स्थित दुइ घरमा भएको आगलागी पछिको आपतकालीन  अवस्थामा २६ जनाको परिवारलाई  क्लोथ एन्ड फुड बैंक नेपालले आवश्यक लत्ताकपडा, सिरक डसना, सिरानी तथा दैनिक उपयोगका  सामग्रीहरु   वितरण गरेको छ  ।

क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसिले आवश्यक लत्ताकपडा, सिरक डसना, सिरानी तथा दैनिक उपयोगका  सामग्रीहरु  वितरण गर्दै आगलागीका कारण समस्यामा परेको परिवारलाइ   क्लोथ बैंकले सहयोग गरेको बताउनु भयो ।

प्रयोगमा नआएको लत्ताकपडाहरु कपडा बैंकमा संकलन गर्दा कसैको आवश्यकता परिपूर्ति हुने  सफा नेपाल र सहयोगी नेपालीको पहिचान दिलाउन मद्दत पुग्ने र आफ्नो घर, टोल र समाजलाई सफा राख्न सकिने क्लोथ एन्ड फुड बैंक नेपालका अभियन्ता आबिस्कार खनालले बताउनु भयो ।
कोहि पनि नेपालि  कपडा बिहिन नरहून भन्ने मुलमन्त्र लाइ आत्मासाथ् गर्दै पुन्य कार्यमा सहभागी हुन सम्पुर्णलाइ अध्यक्ष कमल जिसिले आग्रह गर्नु भएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै