रोट्र्याक्ट क्लब अफ बुटवल साउथको २१औ चार्टर नाइट तथा धन्यवाद ज्ञापन समारोह अप्रिल २० अर्थात बैशाख ०८ गते टाइगर प्यालेस रिसोर्ट रुपन्देहीमा हुने भएको छ ।

रोट्र्याक्ट डिस्ट्रीक्ट ३२९२ नेपाल भुटान अन्तर्गत पर्ने रोट्र्याक्ट क्लब अफ बुटवल साउथ को उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा क्लब का संस्थापक कोसाध्यक्ष प्रकाश पौडेल हुनु हुनेछ भने संस्थापक सदस्य र क्लब का सम्पूर्ण पुर्व अध्यक्ष बोर्ड तथा जनरल मेम्बर हरु को उपस्थिती रहने छ साथै रोट्र्याक्ट डिस्ट्रीक्ट ३२९२ नेपाल भुटान का बर्ष २०२३-२४ का डि आर आर इलेक्ट रोट्र्याक्टर बिक्रम क्षेत्रि लगायत अन्य डिस्ट्रीक्ट अफिसियल हरुको पनि उपस्थिती रहने क्लब का अध्यक्ष सुबिन खड्का ले जानकारी दिनु भएको छ । कार्यक्रममा क्लबमा बर्षभरी गरेका गतिविधिहरुको मुल्याङ्कन गर्दै प्रत्येक कार्यक्रममा संयोजकको भुमिका लिने कार्यक्रम संयोजकहरुलाई सम्मान गर्ने तयारी रहेको चार्टर नाइट कार्यक्रम संयोजक तथा क्लब का इलेक्ट प्रेसिडेन्ट सुदिप पौडेलले जानकारी दिनु भयो ।रोट्र्याक्ट क्लब अफ बुटवल साउथ स्थापनाकाल देखी नै सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै एक प्रतिस्ठित क्लबको रुपमा स्थापित हुन सफल भएको छ । क्लबले शिक्षा ,स्वास्थ ,फोहोर ब्यबस्थापन , सिपमुलक तलिम र अन्य प्रोफेसनल तालिम समेत प्रदान गर्दै उदाहरणीय कार्य गर्दै आएको छ ।
रोट्र्याक्ट क्लब अफ बुटवल साउथको २१ औ चार्टर नाइट हुदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
