चैत्र २६ बुटवल,
जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएको छ , रक्तसञ्चार सेवा केन्द्र शाखा बुटवलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका यमप्रसाद पोखरेलको अध्यक्षता , नेपाल नियमित रक्तदाता संघका केन्द्रिय अध्यक्ष श्री दया बहादुर सिलवालको प्रमुख आतिथ्यता , संघका बरिस्ठ उपाध्यक्ष लेखनाथ भन्डारिको आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष एव रक्तदान कार्यक्रम संयोजक बाबुलाल खनालको स्वागत मन्तव्य , उपाध्यक्ष खुमानन्द खनालको शुभकामना मन्तव्यमा भएको कार्यक्रमको संचालन संस्थाका सचीव बिष्णु बहादुर चुदालिले गर्नुभएको थियो। रक्तदान कार्यक्रममा संस्थाका सल्लाहकार , संचालक समिति सदस्य , विभिन्न उपसमिति संयोजक तथा सदस्यहरु लगायत सेयर सदस्यहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा ६० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक बाबुलाल खनालले जानकारी दिनुभयो ।
