मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको सुद्धोधनमा सञ्चालनमा आएको छ। बिहिवार एक कार्यक्रमका बिच सुद्धोधन गाउपालिकाका प्रमुख बिष्णु प्रसाद बस्याल , उप प्रमुख शान्ता देवि ज्ञवालि र प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तीले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै गाउपालिका प्रमुख बस्यालले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताउनु भयो। र क्लोथ एण्ड फुड बैंक नेपालको आयोजना र सुद्धोधन गाउपालिकाको सहकार्यमा क्लोथ बैंकको स्थापना गरिएको हो ।
सोही अवसरमा बोल्दै उपप्रमुख ज्ञवालिले मानवीय सेवा गर्ने उद्देश्यका साथ यो क्लोथ बैंकको सुरुवात यस नगरपालिकामा पनि गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गर्नु भएको थियो । त्यस्तै गरी प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तीले प्रयोगमा नआएका कपडाहरु क्लोथ बक्स मार्फत संकलन गरिने र ती कपडाहरुलाइ पुनः प्रशोधन गरी प्रयोगमा ल्याउन मिल्ने गरी उपलब्ध हुने हुनाले यो कार्य निकै प्रसंसनीय रहेको बताउनु भयो । कार्यक्रममा नगर प्रवक्ता केशव प्रसाद अधिकारी लगायत विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

क्लोथ एण्ड फूड बैंक नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका लत्ता कपडा संकलन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने जनाएको छ। क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सीले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन हुने बताए । देशभरका स्थानीय सरकार तथा विभिन्न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे। मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ नितान्त मानवीय सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकत्तम सेवा लिन समेत उहाले आग्रह गर्नुभयो ।
फागुन ०५ गते लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक सुभारम्भ भइ हालसम्म काठमाडौंको टाेखा नगरपालिका ,रुपन्देहीको कन्चन गाउपालिकामा, देवदह नगरपालिकामा पनि कपडा बैंकको औपचारिक सुभारम्भ भैसकेको छ भने भोलि शुक्रबार बिहान ८ बजे रुपन्देहीकै सैनामैना नगरपालिका वडा न . १० मा पनि क्लोथ बैंकको सुभारम्भ हुने छ । क्लोथ बैंक मार्फत देशका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन मार्फत आवश्यकताका आधारमा वितरण गरिनेछ।

क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडामुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० स्थानिय सरकार यो अभियानमा जोडिएको अध्यक्ष कमल जि.सीले जानकारी दिनुभयो । सुभारम्भ कार्यक्रम हरि शर्मा न्यौपानेको स्वागत र संचारकर्मि सन्जु पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
रुपन्देहीको सुद्धोधन गाउपालिकामा क्लोथ बैंक सञ्चालन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
