अर्घाखाँची : आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु

अर्घाखाँची । अर्घाखाँचीमा आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ ।

अर्घाखाँचीमा खाेप अभियान फागुन १३ गते (आज) देखि १७ गतेसम्म संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए । यस अभियान अन्तर्गत बिभिन्न स्थानहरूमा खाेपकेन्द्र स्थापना गरी जिल्लाभर शुरू हुँदै छ । जस अन्तर्गत छत्रदेवमा ४१, मालारानीमा ४५, पाणिनिमा ४२, शितगंगामा ८८, भूमिकास्थानमा ५०, सन्धिखर्कमा ६५ स्थान गरी ३ सय ३१ वटा खाेपकेन्द्र ताेकीएकाे बरालले समाचारपाेष्टलाइ जानकारी दिए ।

बरालका अनुसार याे अभियानमा ९ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरूमा लगाइदै छ । “यसअघि कोरोना महामारीको बेला धेरैले नियमित खोप नलगाएका कारण विभिन्न याे अभियान संचालन गरीएकाे हाे” बरालले भने “यस अभियानकै क्रममा अन्य छुटेका खाेपपनि लगाइने हुँदा खाेप कार्ड लिएर नजिककाे खाेप केन्द्रमा गइ खाेप लगाउनुहाेला ।”

अभियान अन्तर्गत अर्घाखाँचीमा १२ हजार ८ सय १० जनालाई खोप प्रदान गर्ने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै