
पत्रकार बिरेन्द्र केसि लाई उजृत गर्दै
लीलामणि पोखरेल अर्घाखाँची
नेपाल पत्रकार महासंघ अर्घाखाँची द्वारा आयोजित पर्यटन प्रबर्द्धन कार्यक्रम जिल्लाको लागी अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक भएको जिकिर गर्दै अर्घाखाँची जिल्लाका लोकप्रिय नेता नेकपा एमाले बाट उम्मेदवार बनी दोस्रो पटक सभासदमा निर्वाचित भै पुर्व मन्त्री समेत रहेका चेतनारायण आचार्यले आफ्नो गृह जिल्लाको बारेमा निकै चासो दिदै भन्छन् 👉️ जिल्ला भित्र रहेका सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्न प्रविधि तथा सृजनात्मक सोचको उपयोग गरी पर्यटन बजारमा स्थापित आकर्षक गन्तव्यको प्रचार प्रसारलाई थप परिष्कृत गर्नु हाम्रो जिम्मेवारी भित्र रहेको छ। यसै सन्दर्भमा अर्घाखाँची पर्यटन प्रवर्दन कार्यक्रम २०८० लाई भव्य सफलताको शुभकामना व्यक्त गर्दछु।
जिल्लाको विकासका निम्ति पर्यटन पूर्वाधारको विकास पर्यटन गन्तव्यको पहिचान र तिनको प्रचार प्रसार अति आवश्यक विषय हो ।
लुम्बिनी प्रदेशको पहाडि जिल्लाको रुपमा रहेको अर्घाखाँचीमा पर्वतीय पर्यटन, पर्यापर्यटन, धार्मिक पर्यटन, अनुसन्धानमूलक पर्यटन, साहसिक पर्यटन ,खेल पर्तयटन था सांस्कृतिक पर्यटनको व्यापक सम्भावना रहेको छ !
पाणिनी तपोभुमी, दुवविश्वर गुफा, डमरु दह, नर्तनाचल पर्वत क्षेत्र, बल्कोटको पौवा तथा मन्दिर लामपाटी पौवा, छत्रदेव थान, बार्बरिकको कथासँग जोडिएको। नरसिंह थान, सुपादेउराली, मालारानी क्षेत्र तिनधारे छहरा, अर्घा दरवार, खाँची दरवार , सेङलेङ दह धनचाैर जस्ता यहाँको पहिचान गरिएको पर्यटकीय गन्तव्यका साथै पहिचान हुन बाँकी थुप्रै गन्त्वयहरु छन । यहाँको सरायँ नाँच, भैरव (भैराम) नाच, एकादसी र माघेसक्रान्तिमा नदि किनारामा लाग्ने मेलाहरु पृथक सांस्कृतिक पहिचानको रुपमा रहेका छन् ।
जिल्लाको दक्षिणको पर्यटकीय भेक लुम्बिनी, पूर्वको श्रीनगर, उत्तरको रेसुङ्गा र पश्चिमको स्वर्गद्वारी सहित बृहत पर्यटकीय गन्तव्यहरुको पूर्वाधार विकास र प्रचार प्रसार गर्न सकेमा यस जिल्लालाई पर्यटकहरुको आकर्षक केन्द्र बनाउन सकिन्छ ।
आचार्य भन्छन् यसका लागि पूर्वाधार विकास पर्यटन गन्तव्यको प्रचार प्रसार गन्तव्यगत विविधताको पहिचान साथै जिल्लामा आउने पर्यटन हरुलाइ गन्तव्य सम्म पुर्यान आआफ्नो ठाउँबाट सबैले जागरुकता देखाउन जरुरी देखिन्छ !
यी आवश्यक्ता पूर्ति गर्न पर्यटन प्रबर्द्धन कार्यक्रम-२०८० ले जिल्लाका पर्यटकीय गन्तव्यहरुकाे पर्यटकीय पूर्वाधारको संरक्षण, सम्बर्दन र विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्न भन्ने शुभकामना व्यक्त गर्दछु ।यश दौरान साम्सद आचार्यले आफू र आफ्नो तर्फवाट जिल्लाको पर्यटन प्रबर्दन, संरक्षण, सम्बर्धन र विकासका लागी प्रतिवद्ध रहेको समेत जनाए !
