काठमाडौ :- मानव जीवन र रास्ट्रको लागि हरेक क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विकास र निकासमा वा दैनिक उपभोग्य सामाग्रीमा मुल्य वृद्धि (महङ्गी) होस जुनसुकै विषयमा असर पुर्याउने पुर्वाधार मध्य एक इन्धन नै हो !
नेपाली जनताको करिब ७० बर्षको अथक मेहनत बलिदान र संघर्ष पछि जनताको सासन त आयो संविधान पनि बन्यो तर जनता जहाँको त्यहीँ नै रहे अहिले देशमा पुन संबैधानिक राजाको माग सहितका विभिन्न मोर्चाबाट आन्दोलनहरु सुरु भै सरकारलाई अन्य नयाँ राजनीतिक शक्तिहरुले समेत चौतर्फी खबरदारी र घेराबन्दी भरहेका बेला यश बिचमा एक्कसी नेपाली जनतालाई केही राहतको आभास हुनेगरी नेपालको इतिहासमा नेपाल आयल निगम पहिलोपटक पुर्ण रिण मुक्त हुँदै डिजल र पेट्रोलको मुल्य दर घटाएको छ !
देशमा लोकतान्त्रिक गणतनन्त्रात्मक शासन ब्यवस्था आएपनी वास्तविक जनताले सुकुनको सास फेर्नेगरी कुनपनी राजनीतिक दल वा तिनीहरु बाट बनेका सरकार र जनप्रतिनिधि हरुले आफ्ना लागि र आफ्नाहरुका लागि मात्रै राज गरेको ब्यवस्था फेरिएपनी नागरिकको अवस्था नफेरिको व्यापक जन गुनासो रहेको बेला ३ दिन पहिला आफ्नो दुवइको यात्रा तय गर्दा निकै विवादमा परेका प्रचण्डले २०८०/०८/१४ नेपाल आयल निगमको निर्णय लाई ०८/१५ गते शुक्रबार देखि लागू हुनेगरी मूल्य समायोजन गरि रिण मुक्त निगम बनाउदै निकै धन्यवादको पात्र बनेका छन!
गठबन्धन सरकारले नेपाली जनतालाई यो पहिलो आशा र राहातको अनुभुती गराएको बुझिएको छ !
सरकारको तर्फबाट इतिहासकै पहिलो खुशी जनतालाई आयल निगम पुर्ण रिण मुक्त हुँदै घट्यो प्रेट्रोल डिजलको मुल्य !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
