देवदह मेडिकल कलेजमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ५० भन्दा बढी पिन्ट रगत संकलन ।

देवदह,

रोट्र्याक्ट क्लब अफ देवदह मेडिकल कलेज, नेपाल रेडक्रस सोसाइटी बुटवल शाखा तथा देवदह मेडिकल कलेजको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम २०८३ सफलतापूर्वक सम्पन्न भएको छ।देवदह मेडिकल कलेज परिसरमा आयोजित उक्त कार्यक्रमको सभाध्यक्षता रोट्र्याक्ट क्लब अफ देवदह मेडिकल कलेजका अध्यक्ष रोट्र्याक्टर डा. अभिषेक ढकालले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि देवदह मेडिकल कलेजका चेयरम्यान गोपालबहादुर पोखरेल रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा जोन १८ का ZRR रोट्र्याक्टर डा. आविष्कार पराजुली तथा देवदह मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा. दिपेन्द्र सिंह क्षेत्री सहभागी हुनुहुन्थ्यो।

“रक्तदान जीवनदान” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा करिब ५० पिन्टभन्दा बढी रगत संकलन भएको आयोजकले जनाएको छ। कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष डा. अभिषेक ढकालले यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र आगामी दिनहरूमा अझ व्यापक सामाजिक सेवामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले रोट्र्याक्ट क्लबले समाजसेवामा अझ सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो।त्यसैगरी, प्रमुख अतिथि गोपालबहादुर पोखरेल र विशिष्ट अतिथि डा. दिपेन्द्र सिंह क्षेत्रीले यस्ता मानवीय तथा सामाजिक कार्यहरूमा निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै