लीलामणी पोखरेल
अर्घाखाँची
नेपाली कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट नवनिर्वाचित उपसभापति पार्टीको प्रभावशाली एवं देशकै शक्तिशाली महिला नेत्रीको रुपमा स्थापित पुस्पा भुसाल पहिलोपटक आफ्नो गृह जिल्ला उपस्थिति हुनुभएको छ।
नेत्री भुसाल लाई कांग्रेस अर्घाखाँचीको पार्टी कार्यालय बीपी स्मृति भवनमा लुम्बिनी प्रदेश सह महामन्त्री,साथै आसन्न प्रतिनिधि सभाका लागी अर्घाखाँचीबाट उम्मेद्बार बन्नुभएका बिस्नु खनाल मुस्कानले दुबोको माला सहित समानुपातिक उम्मेद्बार ललिलाता सुनार, जिल्ला सभापति केश श्रेष्ठ लगाएतले भब्य स्वागत गरेका हुन। कार्यक्रममा नवनिर्वाचित केन्द्रिय सदस्य कमल भुसालाइ पनी फुल,माला र खादा लगाएर स्वागत गरिएको छ।
साथै हिजै आफ्नो गृह जिल्ला उपस्थित भएकी भुसाल संगै प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फका उम्मेदवार विष्णु खनाल मुस्कान केन्द्रीय सदस्य कमल भुसाल र समानुपातिक उम्मेद्बार ललिता सुनार लगाएतका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रमको लागि जिल्लाका ६ वटै स्थानीय तह अन्तर्गत सोही दिन सन्धिखर्क नगरपालिका र नेपाल दलित सङ्घ जिल्ला कार्यसमिति अर्घाखाँचीले आयोजना गरेका दुवै कार्यक्रममा सहभागी भै सम्बोधन गर्दै आज भूमिकास्थान नगरपालिकाको कार्यक्रमलाई सम्बोधन गरी भोलि मालारानी गाउँपालिकाको कार्यक्रममा सहभागी हुन आउने कार्यक्रम रहेको काङ्ग्रेस जिल्ला सचिवालयले जनाएको छ।
यस दौरान आफ्नो गृह जिल्ला प्रवेश गरेकी भुसालले प्रत्यक्ष र समानुपातिक उम्मेदवार रहेका दुवै उम्मेदवार हरुलाई साथमा लिएर जिल्लाका विभिन्न स्थानमा भएका कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुँदै चुनाव केन्द्रित कार्यक्रममा ब्यस्त देखिनुभएको हो।
